नेपालको समृद्धिको लागि सबै प्रवासी नेपाली लागौँः अध्यक्ष यादव

२०८० असोज १७ बुधबार
रति ९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धिको लागि युवा शक्तिलाई एक हुन आग्रह गरेका छन् । 

बुधबार अमेरिकाको टेक्सास राज्यस्थित एन्टाको सातौँ महाधिवेशनको क्रममा बोल्दै अध्यक्ष यादवले विदेशमा रहनसहन गरिरहेका युवाहरुले आफ्नो देशको समृद्धिको लागि युवा शक्तिको खाँचो औल्याए । 

उनले प्रवास रहेका सबै नेपालीहरूलाई एक आपसमा समन्वय गरी मिलेर जान र नेपालको समृद्धिमा लाग्न आहवान गरे । गैर आवासीय नेपालीहरूको नागरिकता लिने कामको थालनी हुनुको साथै सम्मपूर्ण समस्याहरूको पहल कदमी गर्न नेपाल सरकार तयार रहेको बताउँदै एन्टाको सातौं महाधिवेशनको पुर्ण सफलताको कामना गरे।

एन्टाको कार्यक्रममा प्रमुख अतिथि बनेर अमेरिका पुगेका अध्यक्ष यादवले देशको समृद्धिको लागि रेमिट्यान्स मात्र पर्याप्त रहेको बताउँदै सर्वागिँन विकासको लागि युवाहरुले आर्थिक, प्राविधिक, समाजिक, सँस्कृति तवरले पनि सहयोग गर्नुपर्ने बताए । 

महाधिवेशनको समुदघाटन विशिष्ट अतिथि द्व्य इर्भिगं सिटीका मेयर रिक स्टीफर र नेपाल सरकारको तर्फबाट क्यालिफोर्निया राज्यका लागि “ पर्यटन सदभावना दुत विजय कुमार चौधरी समेतले सँयुक्त रुपमा गरेका थिए । 

कार्यक्रमको आरम्भमा नेपाली र अमेरिकन राष्ट्रिय गान गाउनुको साथै बीच बीचमा सांस्कृतिक नृत्य समेत गरिएको थियो। डालस सिटी स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत एन्टाका सदस्य,शभचिन्तक र समाजका प्रतिष्ठित बौद्धिक व्यक्तित्वहरूको राम्रो उपस्थिति रहेको थियो।

कार्यक्रममा एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव, बैज्ञानिक डा. ईन्द्र देव साह,पूर्व अध्यक्ष प्रो. विजय सिंह,यूएन प्रतिनिधी डा. रामकृष्ण साह,सल्लाहकार सुजीत झा,आजीवन सदस्य श्याम कार्की,डा. उमेश यादव,मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव,बीजेन साह,अभिनन्दन यादव,ललीत यादव लगायतका व्यक्त्तित्वहरूको उपस्थिती रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नगरसभाको लागि कमला नगरपालिकाको पुरानै रित, महिनौदेखि नगरपालिका हाकिमविहिन 

  • २०८० असोज १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएको ६ बर्षमा एक पटक पनि समयमा नगरसभा गर्न नसकेको कमला नगरपालिकाले नयाँ जनप्रतिनीधि पाएपनि रित भने पुरानै दोहरयाएको छ ।  विगत ५ बर्षमा

पूरा पढ्नुहोस्

Bureau Menus