
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा भोली भूमि फोक फेस्ट नामक साँगितिक कार्यक्रम हुने भएको छ ।
भूमि मिडिया प्रा.लि.को आयोजनामा भोली शुक्रबार जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको सो लोक महोत्सवमा भोजपुरी सिने जगतकी दिग्गज कलाकार कल्पना पटवारी आउने भएकी छन् ।
भोजपुरी गायनमा वरिष्ठ गायकको दर्जा पाएकी चर्चित एवम् प्रसिद्ध गायिका कल्पना पटवारीको प्रस्तुति हुने भएपछि हजारौँको सँख्यामा भीड ओर्लने आयोजकले विश्वास लिएको हो ।
भूमि फोक फेष्टमा कल्पना पटवारीसहित दिग्गज गायक मानिएका जनकपुरका ललित कामत, शिवानी भगत, देव अहिराव, नेपाली मोडेलहरु, सिने जगतका कलाकारहरुलगायत दर्जन बढी चर्चित कलाकारहरुले प्रस्तुति दिने भएको छ । कार्यक्रममा माटोपानीसँग जोडिएको साँस्कृति कार्यक्रम हुनेछ ।
कार्यक्रममा सँचारकर्मीद्धय घनश्याम मिश्रा र रिँकु गायत्री मिश्राले एँकरिँग सँचालन गर्ने भएको छ । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
भत्केको कमला पूलबाट मोटरसाईकलसहित खसे एक युवक, विराटनगर रिफर
- २०८० कार्तिक १६ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने हुलाकी राजमार्ग अन्तर्गतको भत्केको कमला पूलबाट एक युवक मोटरसाईक लिएर खसेपछि सख्त गम्भिर घाईते भएका छन् । मँगलबार अपरान्ह धनुषाबाट सिरहा जाने क्रममा
पूरा पढ्नुहोस्