विद्यालयमै हेडमास्टर मृत फेला, हत्याको आशंका 

२०८० कार्तिक २० सोमबार
बिहान ०९:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  विद्यालयमै झुण्डिएको अवस्थामा एक प्रधानाध्यापक मृत फेला परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजीव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेका छन् ।

 विद्यालयमा प्रधानाध्यपकको खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लामा रहेको सभाहलमा पासो लागेको अवस्थामा उनको शव भेटिएको छ ।

आइतबार बिहान विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैची गेटको साँचो मागेका थिए । आफू रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजी गर्दा नभेटेपछि कतै गएका होलान भन्ने ठानेर खोजी नगरेको उनले बताए । केही बेरमा कैची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा साहको शव फेला परेको त्यहाँ कार्यरत एक शिक्षकले बताए ।

यता घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

  • 0%
  • 20%
  • 20%
  • 0%
  • 0%
  • 0%

'यसपाली छठी घाट, आफ्नो सँस्कृति वस्त्रको साथ'

  • २०८० कार्तिक २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु र मुस्लिम धर्मले समेत मनाउने मधेशी समुदायको सबभन्दा ठुलो आस्थाको पर्वमा आधुनिकताले विलय हुँदै गएपछि जनकपुरियन युवायुवतिहरुले जागरुकता अपनाउन सुरु गरेको छ ।  केही बर्ष अगाडीसम्म

पूरा पढ्नुहोस्

Bureau Menus