व्यापारी वनमन्त्री बीरेन्द्र महतोले चुरे र नदि बेच्न लागे, आन्दोलन गर्छौः जसपा नेता मण्डल 

२०८० कार्तिक २२ बुधबार
बिहान ०९:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा लगेका हुन् ।

जसको मधेशमा चौतर्फी विरोध सुरु भएको छ । मधेशको जीवन रेखा मानिने चुरे, पर्वत, नदि, खोला दोहनका लागि सरकार र वनमन्त्री महतोले चालेको यो कदमप्रति मधेशका बुद्धिजीवीहरू आपत्ति जनाइरहेका छन् ।

यसैबीच, मधेश सरकारका पूर्वराज्यमन्त्री सुरेशकुमार मण्डलको पनि वक्तव्य आएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो विधेयक तत्काल फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, “वर्तमान सरकार र यसका व्यापारी मन्त्रीद्वारा ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा आउनु दुस्खद हो । यसको म घोर भत्र्सना र विरोध गर्दछु । साथै उक्त विधेयक अविलम्ब फिर्ता लिन माग गर्दछु । अन्यथा चुरे बचाउन जस्तोसुकै कदम चाल्न बाध्य हुने र आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन चाहन्छु ।

विवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%

सूचना नदिएको भन्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी

  • २०८० कार्तिक २२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी दिइएको छ ।  लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले माग गरिएको सूचना स्थानीय युवाहरुलाई नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गर्ने

पूरा पढ्नुहोस्

Bureau Menus