
न्यूज ब्यूरो, जनकपुरधाम । हतियार देखाएर गएराती एक घरमा डकैती भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएको हो । स्थानीय रामकेवल महतोको घरमा डाँका समूहले राति करिव १२ बजेको समयमा घर पछाडिको बाटो प्रवेश गरी लुटपाट र डकैती गरेको महतोले बताएका छन् ।
पाँचजनाको समूहमा हातहतियार सहित घरमा प्रवेश गरेको डाँकाले आफुमाथि पेस्तोल तेर्स्याउँदै नगद, सुनचाँदीकोे गरगहना निकाल भन्दै लुटपाट गरेको पीडित महतोको भनाई छ ।
प्रतिकार गर्न खोज्दा ज्यान लिने भन्दै पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतिको मंगलसुत्र लुटपाट गर्दै घरमा रहेको दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेको उहाँको भनाई छ । डाँका समूहले घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको महतोले जानकारी दिएका छन् ।
घटना लगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा पनि राति १ बजे आएको र घटनाबारे जानकारी लिएर फर्केको स्थानीयले बताएका छन् ।
डाँका समूहलाई खोज्न प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । यता ईलाका प्रहरी कार्यालयले घटना सम्बन्धि जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ । पीडित महतो धन्तेरसका दिन हिजो मात्रै महेन्द्रनगरको एक बैंकको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए ।
TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय
- २०८० कार्तिक २५ शनिबार
एजेन्सी । टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको
पूरा पढ्नुहोस्