जसपाबाट सँजिला बनिन् साँसद 

२०८० कार्तिक २५ शनिबार
बिहान ०८:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशकी सांसद विन्दुकुमारी यादवको निधनपछि उनको ठाउँमा जनता समाजवादी पार्टीबाट संजिला कुमारी यादव चयन भएकी छन् ।

समानुपातिकतर्फ उनलाई पार्टीको सिफारिसमा निर्वाचन आयोगले सांसदको रुपमा चयन गरिएको जनाएको छ । समाजवादी महिला संघ, मधेश प्रदेश समितिका अध्यक्ष रहेकी संजिलालाई केही दिनअघि विन्दु यादवको रिक्त रहेको स्थानमा पठाउने निर्णय गरिएको थियो । 

नेपाल सरकारको राजपत्रमा निर्वाचन आयोगले जारी गरेको सूचनामा मधेश प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ जसपा नेपालको तर्फबाट मधेशी समावेशी समूह अन्तर्गत निर्वाचित विन्दुकुमारी यादवको निधन भइ रिक्त रहेको ठाउँमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रदेश सभा सदस्य नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम संजिला यादवलाई निर्वाचित भएको भनिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नमुना सरकारी स्कूल मावि गिद्धा बेलापट्टीमा होस्टेल र क्यान्टिन , गरिबले डेरा बस्नु नपर्ने

  • २०८० कार्तिक २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको नमुना समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिमा होस्टेल र क्यान्टीन सँचालनमा आएको छ ।  दुर दराजबाट विद्यालयमा अध्ययन अध्ययापनको लागि आउने गरिब, विपन्न विद्यार्थीहरुले मोटो रकम

पूरा पढ्नुहोस्

Bureau Menus