
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दक्षिणी नाका भडरिया नाकामा तीन तहमा सर्वसाधारणहरुसँग घुस लिने गरेको भिडियो न्यूज ब्यूरोले प्राप्त गरेको छ ।
नेपाल–भारत सीमाको हरिने–भडरिया नाकाबाट भन्सार छलीको समान ल्याउन सशस्त्र प्रहरीदेखि भन्सारका कर्मचारीसम्म रकम बुझाउनुपर्ने बाध्यता रहेको छ । भारतबाट भन्सार छली गरी ल्याएको समानको लागि सुरुमा छोटी भन्सार कार्यालय भडरियाका कर्मचारीले रकम असुल्ने गरेका छन् । त्यसपछि बिओपी धनौजीबाट खटिने सशस्त्र प्रहरी र अन्त्यमा प्रहरी चौकी भडरियाका ड्युटीमा खटिने जनपद प्रहरी
खिचिएको एक भिडियोमा भारतको हरिनेबाट भन्सार नै नकाटी ल्याउने गरेको किरानका समानमा लाईन मिलाएका व्यापारीले केही रकम हातमा दिएपछि जान दिएको देख्न सकिन्छ । सुरुमा कुर्शीबाट उठेर सशस्त्र प्रहरीले साईकल रोक्छन्, त्यसपछि हातमा केही रकम थमाएपछि उनलाई सहज रुपमा जान दिएको देख्न सकिन्छ ।
बोर्डरदेखि केही पर मात्र ड्युटीमा बस्ने सशस्त्र प्रहरी बल धनौजीका सशस्त्र प्रहरीले ५० देखि १०० रुपैयाँसम्म लिने गर्छन् । उता, केही पर जाँदा प्रहरी चौकी भडरियाबाट खटिने जनपद प्रहरीका घुमुवादेखि ड्युटीका प्रहरीले २० देखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।
सोही क्रममा छोटी भन्सार कार्यालयका कर्मचारीले भडरियाचोकमै बसेर १०० देखि ५०० रुपैयाँसम्म लिएर भन्सार नै नकाटी समान तस्करमा सहयोग गर्दै आएको भिडियो प्राप्त भएको छ । साना व्यापारीलाई कम रेट लिएपनि ठुला व्यापारीलाई भने भन्सारका हाकिमदेखि कर्मचारीसम्म ५ हजारदेखि ३० हजारसम्म पनि लिने गरेका छन् ।
तर, भन्सारसम्म समान सहज पार्नको लागि सशस्त्र प्रहरी धनौजी र प्रहरी चौकी भडरियाका प्रहरीले सहयोग गर्दै आएको छ । तस्कर र व्यापारीलाई महिनबारी तोकेपनि सर्वसाधारणलाई भान्साको समानको लागि समेत २० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् ।
तस्करी काण्डमै तानिएका धनौजीका सशस्त्र प्रहरी ईन्सपेक्टरका घुमुवा र ड्युटीले अझै बानी सुधारेका छैनन् भने प्रहरी चौकी भडरियाले चौकीकै अगाडी समान रोकेर असुली धन्दा जारी राखेका छन् ।
यस सन्दर्भमा बिओपी धनौजीका ईन्सपेक्टर अगम राई तथा प्रहरी चौकी भडरियाका असई अनिल सिँहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८० कार्तिक २७ सोमबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्