राम जानकी युवा क्लब द्वारा खुल्ला रक्तदान , ५ दर्जनले गरे रक्तदान

२०८० कार्तिक ३० बिहीबार
रति १०:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका स्थित राम जानकी युवा क्लबद्वारा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५९ जना रक्तदान गरेका छन् । 

क्लबका अध्यक्ष बिमलेन्द्र कुमार यादव (बिक्की) को अध्यक्षता तथा नगरप्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । 

रक्तदान कार्यक्रम दोस्रो वर्ष गरिएको छ क्लबको युवाहरू सक्रिय भइ समाजिक कार्यहरुमा काम गर्दै आएको छ । समाजिक क्षेत्रमा निरन्तर अगुवाई गर्दै आएको हामी अझै भोलिको दिनमा समाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता क्लबका अध्यक्ष बिक्कि यादवले बताए ।

प्रमुख अतिथीको आसनबाट नगरप्रमुख यादवले क्लबका युवाहरूको कामलाई प्रशंसा गर्दै सबै वडाका युवालाई जागरुक हुनु पर्यो साथै जनप्रतिनिधिहरु हरसम्भव  साथमा रहने प्रतिबद्धता नगर प्रमुख यादवले गरे ।

कार्यक्रममा जनकपुर जेनरल हस्पिटल तारापट्टिका संचालक डा.रोशन साह, जीवन विकास लघु वितिय संस्था लिमिटेड तारापट्टि ,मिथिला वाईल्ड लाईफ ट्र्स्ट अध्यक्ष देबनारायाण मण्डल ,लाईन्स क्ल्ब जनकपुर ,प्राविधिक सहयोगमा रेडक्रस जनकपुरधाम धनुषा शाखा ,लगायतका सहयोग गरेका छ्न् । 

कार्यक्रमको संयोजक क्लब सचिव अशोक कुमार साहले गरेका थिए ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नमुना सरकारी स्कूल मावि गिद्धा बेलापट्टीमा होस्टेल र क्यान्टिन , गरिबले डेरा बस्नु नपर्ने

  • २०८० कार्तिक ३० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको नमुना समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिमा होस्टेल र क्यान्टीन सँचालनमा आएको छ ।  दुर दराजबाट विद्यालयमा अध्ययन अध्ययापनको लागि आउने गरिब, विपन्न विद्यार्थीहरुले मोटो रकम

पूरा पढ्नुहोस्

Bureau Menus