नेपालमा TikTok बन्द गरेपछि सर्वोच्च अदालतमा रिटको ओईरो 

२०८० मङ्सिर १ शुक्रबार
बेलुकी ७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन आधा दर्जनजति रिट दर्ता भएका छन् ।

रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।

यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८० मङ्सिर १ शुक्रबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus