छठको लागि धार्मिक नगरी जनकपुरमा ४ करोड बढीको केरा आयात

२०८० मङ्सिर १ शुक्रबार
बेलुकी ७:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । साँस्कृतिक एवम् धार्मिक शहर जनकपुरधाममा छठ पर्वको लागि मात्रै ४ करोड बढीको केरा आयात गरिएको छ । 

छिमेकी मुलुक भारतबाट छठको लागि ४ करोडको केरा आयात भएको जनाईएको छ । जनकपुर लगायत आसपासको क्षेत्रमा घर घर छठ पर्व मनाईने र छठमा केरा अनिवार्य भएपछि केराको आयात बढेको हो ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो। ‘गत वर्ष पौने दुई करोड रूपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो,’ उनले भने, ‘यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।’

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो। बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ,’ उनले भने।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए। बजारमा प्रत्येक केराको घरीलाई पाँच सय रूपैयाँदेखि एक हजारसम्ममा बिक्री गरिन्छ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम ५ का वडाध्यक्ष महतोले गरे कृषि बिल फ्री, किसानहरु हर्षित

  • २०८० मङ्सिर १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ का  वडा अध्यक्ष इन्द्र कुमार महतोले किसानको बिजुली बिल वडा स्तरीय योजनाबाट तिरिदिने बताएका छन । कृषि प्रधान देश भनिएपछि कृषक,

पूरा पढ्नुहोस्

Bureau Menus