
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैतामा नगरपालिका स्थित बगदहमा रहेको महालक्ष्मी चिनि उद्योगले सोझासिधा किसन माथि बद्मासी गरेको पाहिएको छ ।
गोडैता नगरपालिका–६, बगदहमा रहेको महालक्ष्मी चिनि उद्योगले उखु बेचेको भुक्तानी दिनुपर्ने किसानलाई किट्नासक दिएको भन्दै ठगी गरेको किसानहरुको आरोप छ ।
उद्योगको मिलगेट क्षेत्रका किसानहरुलाई उखु बेचेको पैसाबाट कट्टा हुने गरी खेतीगर्न लाग्ने किटनासक तथा मलखाद दिने गरेको छ । तर, उद्योगबाट कुनै किट्नासक तथा मल खाद लिदै नलिएका किसानको समेत रकम कट्टा गरेको खुलेको हो ।
गोडैता नगरपालिका–२, बेल्वाजब्दी निवासी वैधनाथ साहले उद्योगले आफुले लिदै नलिएको किटनासकको नाममा पैसा काटेको गुनासो गरे । उनी उक्त उद्योगको मिलगेट क्षेत्रका उखु किसान हुन् । उनले गत सिजनमा उद्योगलाई उखु बेचेका थिए । त्यस मध्य ५० हजारको हाराहारीमा उखुको भुक्तानी बाँकी रहेका उन्ले गत वैशाख ४ गते छोरीको बिहेको लागि खर्च नभएको भन्दै भुक्तानी मागँ गरेर उद्योग प्रशासनमा निबेदन पेस गरे ।
तत्काल उद्योगले खातामा पैसा नआएको भन्दै ८ दिनको म्याद दिएर फर्कायो । छोरीको बिहेको समय थोरै भएकाले पछि उद्योगबाट पैसा पाए पछि तिर्ने गरी ऋण लिएर उनी छोरीको बिहे टार्न तिर लागे । छोरीको बिहे पछि उनी फेरी भुक्तानीको बारे बुझ्न उद्योगमा पुगे । पैसा दिनुको सट्टा उद्योगले उल्टै किट्नासक बुझी लिएको कागजात देखायो । आफुले लिदै नलिएको किट्नासकको भर्पाइ देखेर उनी छाँगाबाट खसे जस्तै भए ।
उद्योगले गरेको भर्पाइ अनुसार उन्को नामबाट १० हजार ६ सय बराबरको २० किलो किट्नासक लगेको उल्लेख छ । उद्योग प्रशासनले राखेको भर्पाइको रेकड्मा किसानको नागरिकताको फोटो कपी पनि छ । तर, नागरिकताको फोटोकपीमा रहेको किसानको न त नाम स्पष्ट छ न त नागरिकता नम्बर । पिडित किसान साह पुर्ण निरक्षर हुन् । उन्ले आफुले औँठा छाप लगाउने गरेको बताए । तर, भर्पाइमा हस्ताक्षर गरिएको छ ।
पिडित किसान साहका अनुसार उन्को ९ कठ्ठा मात्र खेत छ । त्यसैमा उन्ले उखु खेती गर्दै आएको बताए । यता उद्योगले भने उन्को नाममा ४ बिगाह खेतमा प्रयोग गर्न पुग्ने मात्रामा किट्नास बुझेको भर्पाइ बनाएको छ । किसान साहले उद्योग प्रशासनलाई आफुले उद्योगबाट कुनै सामान नलगेको दावी सहित गलत प्रमाणको आधारमा आफ्नो नाममा अर्कैले सामान लगेको हुन सक्ने भन्दै छानविन गरिदिन आग्रह गरे ।
उद्योग प्रशासनले भने, वास्तै नगरी गैर जिम्मेवार पुर्ण जावफ दिएर फर्काउने गरेको उन्ले दुखेसो पोखे । अनेक बहानामा उद्योगले निमुखा किसान माथि ज्यादती गरेको स्थानीय किसानहरुले आरोप छ ।
किसानको उखु खेतको एक–एक विवरण सर्वे गरेर रेकर्ड बनाउने उद्योगले हुदै नभएको उखु खेतमा हाल्न किट्नासक दिएको भर्पाइ बनाएर भुक्तानी वापतको पैसा नदिनु शंकास्पद रहेको किसानहरुको दावी छ ।
त्यसमा पनि उद्योग प्रशासनले किसान सगँ भर्पाइको लागि संकलन गरेको प्रमाणको कपीमा कुनै विवरण नचिनिने र झुत्रो हुनु अर्को शंकाको बिषय भएको स्थानीय उखु किसान रामजी महतोले बताए । यस उद्योगमा उखु बेच्ने धेरै किसान यसरी ठगिएको हुन सक्ने उनीहरुको आशंका छ । एक विपन्न किसानको नाममा गलत विवरण राखेर भुक्तानी नदिएको बिषयमा समयमै छानविन नभए कडा आन्दोलनमा उत्रीने किसानहरुको चेतावनी छ ।
घटनामा चिनि उद्योग प्रशासनको बदमासी वा कम्जोरी जे पनि हुन सक्ने भन्दै बास्तविकता छानविन गर्नु पर्ने स्थानीय किसान मुकेश ठाकुरको मागँ छ । उद्योग प्रशासनले लापर्वाही पुर्ण ढंगले एक किसानको भर्पाइ अर्को ब्यक्तीको नाममा बनाएको उन्ले दावी गरे । किसानको हरेक सर्वे विवरण राख्ने उद्योगले कागजात एकिन नगरी सामाग्री दिएको कुरा सामान्य मान्न नसकिने उनीहरु बताउछन् ।
उद्योग प्रशासनको गैर जिम्मेवार जवाफ, सबै प्रमाण एकिन गर्न सकिदैन्
यता, महालक्ष्मी चिनि उधोगका प्रबन्धक पवन सिंह यादवले किसानले नागरिकता लिएर आएकै आधारमा मागेजती विषादी, उखुको बिउ लगायत कृषि सामाग्री उपलब्ध गराउदै आएको बताए । हजारौं किसान रहेका कारण सबै किसानको विवरण र कागजात सुक्ष्म ढंगले पुष्टि गर्न सम्भव नहुने भन्दै गैर जिम्मेवार प्रतिकृया दिए । उद्योगमा रहेको भर्पाइ विवरण अनुसार किसान साहले विटा नामक किट्नासक बिषादी लिएको प्रवन्धक यदवको दावी छ ।
उद्योगले दिने सम्पुर्ण कृषि सामाग्री, मल बिषादी वा बिउ विजन उद्योग अन्तरगतकै कृषि प्रविधिक जेटिएको सिफसिमामात्र किसानले पाउने ब्यवस्था छ । तर, किसान साहको घटनामा कुनै सिफरिस समेत फेला परेको छैन् । यसबाट समेत आफ्नो नाममा रहेको विवरण झुटो भएको किसान साहले ठोकुवा गरे । विटा नामको उक्त बिषादी उखु खेतमा झार तथा किराहरु मार्न र उत्पादन बढाउन यूरिया मल खादमा मिलाएर उखु खेतमा छर्ने गरिन्छ ।
सरकारले दिने भनेको अनुदान बापतको रकम उखु किसानले अर्को सिजन सुरुहुन लाग्दा समेत पाएका छैन्न । दशै तिहार जस्तो महत्वपुर्ण चाडबाडमा समेत पैसा नपाउदा ऋण गरेरै गर्जो टार्न परेको किसानहरुको तितो अनुभव छ ।
यता,दुख गरेर उत्पादन गरेको उखुको भुक्तानीमा उद्योगले समेत किसानहरुलाई विभिन्न बहानामा दुख दिन नछाड्दा यहाँका उखु किसान दिन प्रतिदिन खेतीबाट विस्थापित हुँदै गईरहेका छन् ।
सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !
- २०८० मङ्सिर २ शनिबार
सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् । झन यस
पूरा पढ्नुहोस्