अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ 

२०८० मङ्सिर ३ आइतबार
बिहान ०७:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्।

कात्तिक २६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिन्छ।

महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

उनका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।

अपराधलाई नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीबाटै चोरीका घटना हुँदा प्रहरी संगठन लज्जास्पद भएको डिएसपी चन्दको भनाइ छ।

यसअघि पनि कात्तिक १ गते मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करण बहादुर चन्द चरेस र चितुवाको छालासहित पक्राउ परेका थिए।

एकपछि अर्को गरी सुरक्षाकर्मी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिकले प्रहरी संगठनप्रतिको विश्वास गुमाउने वातावरण सिर्जना भएको बताइएको छ। 

अपराधिक क्रियाकलापमा संलग्न भएका कानुनी दायरामा ल्याएर कर्मचारी शुद्धीकरणको गर्न आवश्यक रहेको चन्दले बताए।

  • 2%
  • 88%
  • 0%
  • 0%
  • 0%
  • 0%

दशैँको मुखमा सिरहाको गोलबजारमा बजार अनुगमन, मासुमा रँग भेटियो , पेय पदार्थ डुप्लिकेट

  • २०८० मङ्सिर ३ आइतबार

सबिन यादव, सिरहा ।  सिरहाको गोलबजार नगरपालिकामा आज बजार अनुगमन गरेको छ । सिरहाको जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण सुरक्षा निकायका टोलि द्वारा आज दिनको ३ बजे देखि बजार अनुगमन गरेको

पूरा पढ्नुहोस्

Bureau Menus