जनकपुरबाट इलाम घुम्न गएका युवायुवति भरेको बस पहाडबाट खस्यो, बालकको मृत्यू, कैयौँ घाईते 

२०८० मङ्सिर ३ आइतबार
रति १०:०२ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् । 

धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

धनुषाबाट युवायुवति बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक  बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको हो । सो क्रममा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी बस्ने बर्ष १२ को बालक अर्पण लामाको मृत्यू भएको हो । 

बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

बसमा च्यापिएका एक जना बालकको मृत्यू भएको बताईएको छ । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’

यसअघि विभिन्न समाचारमा शैक्षिक भ्रमणको लागि भनिएपनि देउसी भैलो खेलेर ईलाम घुम्न गएको बेला बस दुर्घटनामा परेको हो । 

  • 0%
  • 1%
  • 0%
  • 1%
  • 97%
  • 1%

सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !

  • २०८० मङ्सिर ३ आइतबार

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् ।  झन यस

पूरा पढ्नुहोस्

Bureau Menus