जनकपुर प्रादेशिक अस्पतालमा अप्रेशन गर्दा सुत्केरीको मृत्यू, कागज फालेर भागे डाक्टर 

२०८० मङ्सिर ९ शनिबार
दिउसो १:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया गर्दा गर्दै मृत्यू भएपछि डाक्टर भागेको आरोप परिवारजनले लगाएका छन् । 

शनिबार दिउँसो अप्रेशन थिएटरमा लगिएकी महोत्तरीको मटिहानी बस्ने हासिम राईनकी श्रीमति  तजाबुल खातुनको अप्रेशनकै क्रममा मृत्यू भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । 

शुक्रबार साँझ सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल भर्ना गरिएकी खातुनलाई अप्रेशनको क्रममा मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । बच्चा भने सुरक्षित रहेको जनाईएको छ । 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरकै एक हस्पिटलमा भर्ना गरी खातुनलाई बाहिर रिफर गरेकोमा प्रादेशिक अस्पतालमा भर्ना गर्न पुगेको प्रारम्भिक जानकारी दिए । प्रवक्ताका अनुसार, कुन हस्पिटलमा सुरुमा भर्ना गरिएको र कस्तो अवस्थामा प्रादेशिक अस्पतालमा ल्याईएको बारे छानबिन सुरु गरेको बताएको हो । 

परिवारजनका अनुसार, जनकपुरको वैदेही हस्पिटलमा सुरुमा भर्ना गरिएकोमा अवस्था नाजुक हुन थालेपछि प्रादेशिक अस्पताल रिफर गरिएको बताईएको छ । 

अहिले प्रादेशिक अस्पतालमा परिवारजन र कुरुवाहरु आन्दोलित भएपछि हस्पिटलको अवस्था तनावग्रस्त बनेको हो । अस्पतालमा मोटो सँख्यामा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।्

यद्यपी, परिवारजनले भने डाक्टरकै लापरवाहीले मृत्यू भएको दाबी गरिरहेका छन् । अप्रेशन कुन डाक्टरले गरेको बारे जानकारी नभएको प्रतिक्रिया परिवारजनले दिएको हो । अस्पतालको पूर्जामा डाक्टरको नाममा ८–८ लेखिएको छ । 

परिवारजनका अनुसार, सुत्केरीको मृत्यू भएपछि डाक्टर अप्रेशन थिएटरमै मृतकलाई छाडेर चोरीलुकी भागेको बताएका छन् । यस सन्दर्भमा मेसुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।  

यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

  • 0%
  • 0%
  • 1%
  • 1%
  • 24%
  • 73%

समय त लाग्ला तर, धैर्य राख्नु 'बुवा'

  • २०८० मङ्सिर ९ शनिबार
  • आकृति महतो

समय त अवश्य लाग्ला बुवा  धैर्य  राख्नु न पार गर्नेछु त्यो हरेक कठिनाइ हजुर को हात खुट्टामा परेको छालाको  मल्हम बननु बाकि नै छ,  त्यो तीतो बोलीको प्रहारलाई मिठास बनाउन बाँकी नै छ समय त अवश्य

पूरा पढ्नुहोस्

Bureau Menus