TikTok पछि Likee, Bigo Live, Snapchat, Telegram, Tinder बन्द गर्ने तयारी, PUBG र FREE FIRE समेत निगरानीमा 

२०८० मङ्सिर १३ बुधबार
दिउसो २:४४ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर

न्यूज ब्यूरो, काठमान्डौँ । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको समाचार बीबीसी नेपाली सेवाले लेखेको छ ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले त्यस्ता एपलाई सोसल मिडिया नभई एन्टी सोसल मिडिया भएको बताएका छन् ।

"तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने बाहेक केही पनि गरेका छैनन्," उनले भनेका छन्, "हामी यसको प्राविधिक पक्षक र समाजमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरू बारे अध्ययन गरिरहेका छौं ।"

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय विरुद्ध दायर १४ ओटा रिटमाथिको सुनुवाइ विचाराधीन अवस्थामा रहेको छ । बिगो लाइभ र लाइकी सिङ्गापुर स्थित बिगो टेक्नोलोजिजका एपहरू हुन्, जसलाई चिनियाँ कम्पनीहरूले नै सञ्चालन गर्दै आएका छन् ।

टेलिग्राम भने रुसी मेसेजिङ एप हो । यसैगरी डेटिङ एप टिन्डर र मेसेजिङ एप स्न्यापच्याट भने अमेरिकी कम्पनीका उत्पादन हुन् ।

प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।

सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ । Techpana मा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गैर आवासीय मधेशी संघ (NRMA) अन्तराष्ट्रिय समिति अध्यक्षमा डा. महतो

  • २०८० मङ्सिर १३ बुधबार

न्यूज ब्यूरो, दुबई । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्। पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन

पूरा पढ्नुहोस्

Bureau Menus