जनकपुरः दर्जनौ स्थानीयको बीचमा दिनदहाडै चोकमै बालिकालाई निर्वस्त्र गरी बलात्कार प्रयास

२०८० मङ्सिर १३ बुधबार
बेलुकी ६:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिकामाथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुर बस्ने स्थानीय ईन्द्रनारायण यादवका २८ बर्षिय छोरा शशि यादवले स्थानीय एक बालिकालाई पसलमै कपडा च्यातेर बलात्कार गर्न खोज्दा पक्राउ परेका हुन् । 

बुधबार (आज) बिहान करिब ८ बजेको समयमा चोरा कोयलपुरस्थित रहेको स्थानीय समशेर मन्सुरको टेलर (सिलाई पसल) मा सँगै गएकी दुई बालिकामाथि बलात्कारको प्रयास गरेको हो । 

टेलर सँचालक मन्सुरका अनुसार, आफू बालिकाको कपडा सिलाई गरिरहेको अवस्थामा यादव अचानक पसल भित्र छिरेर बालिकाको सबै कपडा च्यातिदियो । दर्जनौ मान्छे चोकमा हुँदाहुँदै पसलमा पसेर बिहानै खुल्ला पसलमा सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा स्थानीयहरुले रामधुलाई गर्दै प्रहरीलाई जिम्मा लगाएको हो । 

बालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको हो । 

दीदीबहिनी सँगै गएको बेलामा यादव अचानक उनको कपडा च्यातेर बलात्कार प्रयास गरेका थिए । सो समयमा मन्सुर भने स्थानीयहरुलाई गुहार लगाएका थिए । 

प्रहरीका अनुसार, युवकले पहिले आफैँ नाँगो भए, त्यसपछि बालिकाको सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा बालिका उनीसँगै एक बालिकाले प्रतिकार गरेपछि हो हल्ला भएको थियो । 

अहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो । यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ । 
 

  • 9%
  • 2%
  • 2%
  • 1%
  • 4%
  • 78%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८० मङ्सिर १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus