जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला 

२०८० मङ्सिर १४ बिहीबार
बेलुकी ६:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । स्थानीय अमरेश सिँहकी १७ बर्षिय छोरी आफ्नै घरमा मृत अवस्थामा भेटिएको जनाईएको छ । 

यद्यपी, परिवारजनले झुण्डिएको अवस्थामा हेरेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषित गरेको बताईएको छ । अस्पतालमा खटेका प्रहरीले किशोरीको अवस्था देखेपछि जानकारी लिएको थियो । परिवारजनले आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताएको हो । 

यता, छिमेकीहरुले भने किशोरी झुण्डिने प्रकृतिको नदेखिएको भन्दै हत्याको आशँका गरेका छन् । घटनास्थलको प्रकृति समेत शंकास्पद देखिएको भन्दै हत्या गरी झुण्डियाईएको हुन सक्ने शंका गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले भने परिवारजनलाई उदृत गर्दै झुण्डिएको अवस्थामा देखेपछि तल झारी उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यू भएको हो । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  • 2%
  • 0%
  • 0%
  • 2%
  • 80%
  • 8%

मधेश प्रदेशः छोरी जन्मेपछि अस्पतालमै शिशु छाडेर आमा फरार !

  • २०८० मङ्सिर १४ बिहीबार

न्यूज ब्यूरो, वीरगँज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् ।  वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी

पूरा पढ्नुहोस्

Bureau Menus