
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरधाम उपमहानगरपालिका नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको सटरहरुको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष मनिष रमण साहको नेतृत्वमा व्यापारीहरूले जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहलाई बिहीबार ज्ञापन पत्र ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका छन् ।
व्यापारीहरू चौतर्फी मारमा परेको बेला चर्को घरभाडा र घर धनीले एडभान्स लिने गरिएकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष साहले जानकारी दिए ।
जनकपुरधामको सडक चौडा गर्ने कममा व्यावसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुट हुँदा वर्षभरि नै व्यवसाय चौपट भएको’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैङ्क व्याज दरले असर परेको हुँदा यस क्षेत्रका सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठुलै मारमा पारेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
व्यावसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
जनकपुरधामको कतिपय सटरहरु व्यापारीहरूले आर्थिक मन्दी र चर्को भाडाका कारणले खाली गरेका छन् ।
कुलमानसँग धनुषाधामका मेयर मण्डलको अर्जी–'बिजली बिल ढिलो बुझाउँदा २५% जरिवाना नलिनु'
- २०८० मङ्सिर १४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले बिद्युत बिल बुझाउन ढिलो भएको अवस्थामा २५ प्रतिशतको जरिवाना नलिन अर्जी लगाएका छन् । शनिबार धनुषाधाम नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी
पूरा पढ्नुहोस्