फेरी घट्यो पेट्रोलियमको मूल्य !

२०८० मङ्सिर १४ बिहीबार
रति ९:२६ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त भएलगत्तै पुनः पेट्रोलियमको मूल्य घटाएको छ । 

विहिबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले शुक्रबार बिहान १ः०० (राती) बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएको छ। तर निगमले ग्यासको भाउ यथावत राखेको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ। 

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।

त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।

निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको छ।

  • 1%
  • 88%
  • 2%
  • 0%
  • 0%
  • 2%

रौतहट आउँदै बलिवुड स्टार गोबिन्दा 

  • २०८० मङ्सिर १४ बिहीबार

न्यूज ब्यूरो, रौतहट । बलिवुडका चर्चित अभिनेता गोबिन्दा अहुजा मधेश प्रदेशको रौतहट आउने भएका छन् ।  प्रत्येक बर्ष रौतहटको मौलापुरमा आयोजन हुँदै आएको मधानी महायज्ञ महोत्सवमा सहभागी हुनको लागि गोबिन्दा रौतहटको

पूरा पढ्नुहोस्

Bureau Menus