किसानहरु संग कांधमा कांध मिलाएर हिँडछुः संघीय सांसद कार्की 

२०८० पौष २० शुक्रबार
बिहान ०७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको साना किसान कृषि साहाकारी संस्था लि धनुषा गोबिन्दपुरको १९औं स्थापना दिवसको अवसरमा धनुषा निर्वाचन क्षेत्र नं १ का सांसद दिपक कार्किले किसानहरुको दुख पिडामा कांधमा कांध राखेर हिडने बताएका छन् । 

संस्थाका अध्यक्ष प्रभु नारायण साहको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सद्स्य दिपक कार्किको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साँसद कार्कीले किसानहरु देशको पालनकर्ता भएको भन्दै काँधमा काँध मिलाएर हिडने बताए । 

साना किसान कृषि सहकारी गोबिन्दपुरको १९औं स्थापना दिवस अवसरमा केक काटी कार्यक्रम मनएको छ । सो अवसरमा उत्कृष्ट कर्मचारी,किसान समूह,संस्था र जेस्ठ शेयर  सद्स्यको सम्मान समेत गरिएको छ । 

सोही अवसरमा दूध डेरि सुपथ मुल्यमा सहकारी पसल भवनको शिलान्यास कार्यक्रम पनि गरिएको छ ।

पुस १८ गते देखि २०६१ साल देखि शुरु भएको संस्था अहिले ३५ करोड सम्मको लगानी रहेको संस्थाको मुख्य प्रबन्धक राजकुमार साहले बताएका छ्न । 

सो कार्यक्रमको संचालन संस्थाको कर्मचारी निराजन सिंहले संचालन गरेको थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८० पौष २० शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus