
न्यूज ब्यूरो, रौतहट । बलिवुडका चर्चित अभिनेता गोबिन्दा अहुजा मधेश प्रदेशको रौतहट आउने भएका छन् ।
प्रत्येक बर्ष रौतहटको मौलापुरमा आयोजन हुँदै आएको मधानी महायज्ञ महोत्सवमा सहभागी हुनको लागि गोबिन्दा रौतहटको मौलापुर आउन लागेको जानकारी उनले दिएका छन् ।
आगामी फागुन २५ गते आयोजना हुन लागेको मधानी महोत्सवमा गोबिन्दाले परफरमेन्स गर्ने कार्यक्रम रहेको उनले एक भिडियो सन्देश मार्फत दिएका छन् ।
विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सवको अवसर पारेर नाचगान समेत आयोजना गरिरहने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार बलिउड नायक गोविन्दा महायज्ञको उद्घाटनका दिन मौलापुरमा आउने भएका छन् ।
गत २०७६ सालदेखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दैआएको छ ।
यस वर्षको मधानी महायज्ञमा फागुन २६ गते कुस्ती प्रतियोगिता दंगल हुनेछ । जसमा ३५ जना कुस्तीबाज सहभागी हुनेछन् ।
मौलापुरको पुरातात्विक महत्वको महादेव मन्दिर देशभरिका धार्मिक पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । महायज्ञमा नेपाल तथा भारतका चर्चित कलाकारको सांस्कृति प्रस्तुति रहने नगरप्रमुख रिना साहले बताइन् ।
यसअघि भोजपुरी सिने जगतका निरहुआ, खेसारीलाल लगायतका कलाकारहरु यज्ञमा आईसकेका छन् ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८० माघ २६ शुक्रबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्