धनुषामा सशस्त्रको नयाँ एसपी आएपछि बोर्डरमा कडाई, लाखौँको समान बरामद

२०८० फाल्गुण १० बिहीबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीको नयाँ एसपी आएपछि नेपाल–भारत सीमामा कडाई गरिएको छ । 

धनुषाको नयाँ एसपीमा दर्शन गिरी आए लगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको हो ।

सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ ।

 सीमावर्ती क्षेत्रमा कडाई भएसंगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । 

बरामद गरिएको सामग्री मध्ये मदिरा, किराना, लत्ताकपडालगायतका विभिन्न सामग्रीहरु रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।

  • 0%
  • 4%
  • 33%
  • 0%
  • 0%
  • 10%

हबिबिः कतारका सरकार प्रमुख अमिर शेख नेपाल आउँदै

  • २०८० फाल्गुण १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा

पूरा पढ्नुहोस्

Bureau Menus