न्यूज ब्यूरो, सिरहा । सिरहामा स्कुटीको बिलबुक नहुँदा दुई युवकलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको छ । सिरहाको बरियारपट्टिस्थित रहेको अस्थायी चेकपोष्टको नाममा रक्सीले मातेका प्रहरीले दुई युवकलाई निर्घात कुटपिट गरेको हो ।
गएराती करिब ८ः३० बजेको समयमा बरियारपट्टि चोकबाट स्कुटी चढेर घर तर्फ जाँदै गरेको सोही स्थान बस्ने रोशन यादव र रामभवन यादवलाई चेकजाँचको नाममा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको आरोप लगाईएको छ ।
अस्थायी ट्राफिक पोष्ट राखेर चेकजाँच गरिहेको एक ट्राफिक प्रहरी र अन्य जनपद प्रहरीका जवानले चेकजाँच गरिरहेको अवस्थामा यादवद्धयसँग लाईसेन्स भएको तथा बिलबुक भेटाएनन् । सो क्रममा यादवद्धयले नजिकै घर रहेको र एक क्षणमै बिलबुक ल्याइदिन्छु भन्दा बलपूर्वक चिट काट्न थालेपछि विवाद सृजना भएको थियो । “गाडी नियन्त्रणमा राख्नु, म बिलबुक लिएर आउँदैछु, नजिकै मेरो घर छ, यही चोकमै गएको थिए, बिलबुक बिर्सेको मात्रै हो, बरु तपाई लाईसेन्स नै राख्नुस न म कागजात लिएर आउँदैछु ।” भन्दा पनि रक्सीले मातेका प्रहरीले उनीहरुलाई जबरदस्ती चिट काटन थालेपछि विवाद भएको थियो ।
चिट नकाट्न पटक पटक आग्रह गर्दै गर्दा रक्सीले मातेका ट्राफिक प्रहरीले उनलाई चिट काटन थालेपछि भनाभन भएको थियो । त्यसपछि चेकिँगमै रहेको जनपदका दुई जवानले यादवद्धयलाई पक्राउ गरी प्रहरीचौकी बरियापट्टिमा लगेको बताईएको छ । चौकीमा लगे लगत्तै दुवै जनामाथि लठ्ठी प्रहार गरी निर्घात कुटपिट गरेको आरोप रोशन यादवको छ । उनीहरुलाई कुटपिट गरेपछि प्रहरी चौकीको अवस्था तनावग्रस्त बन्यो ।
केही बेरमै सयौँको सँख्यामा स्थानीयहरु आएर प्रहरी चौकी घेराउ गरेपछि कुटपिट गर्ने प्रहरी थाना छाडेर भागेको बताईएको छ । उनीहरु राती रक्सी खाएर डयुटी गरिरहेको बुझिएको छ । यद्यपी, सिरहा प्रहरीले भने यसलाई पुष्टि गरेको छैनन् ।
स्कुटीमा तीन जना सवार भएर जाँदै गर्दा नियम उलघंन गरेको, कागजात नराखी दोस्रो नियम उलघंन गरेको भन्दा चिट काटदा धाकधम्की लगाएपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवद्धयलाई उदृत गर्दै सिरहा प्रहरीले प्रहरीलाई धक्कामुक्का गरेपछि प्रहरीले सेल्फ डिफेन्समा लाठीचार्ज गरेको दाबी गरेको हो ।
यता, यस घटनाबारे छानबिन भईरहेको जनाउँदै दोषी देखिए प्रहरी निलम्बनमा पर्ने बताईएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. यादव सम्मानित
- २०८० फाल्गुण १३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर शाह र रजिष्ट्रार प्रा. डा. विनोदकुमार यादवलाई कदर गर्दै सम्मान गरिएको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले
पूरा पढ्नुहोस्