बर्षौको रिलेशनसीपबीच ठाकुरसँग महतोको 'ब्रेकअप'

२०८० फाल्गुण १४ सोमबार
बेलुकी ५:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशवादी दलका नेता राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गर्दै महन्थ ठाकुरसँग ब्रेकअप गरेका छन् । 
 
नेता राजेन्द्र महतोले लोसपा छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् । आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे । बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो ।

महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए । तर, पार्टीले गति लिन नसकेको भन्दै उनले ठाकुरको आलोचना गर्दै आएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८० फाल्गुण १४ सोमबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus