पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

२०८० फाल्गुण २० आइतबार
रति ९:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको लागि भएको चुनावमा शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीबाट उम्मेदवारी दिएका शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

आज (आईतबार) नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बन्नुभएका उमर अयुबलाई पराजित गर्दै शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । शहबाजले २०१ मत प्राप्त गर्दा अयुबले ९२ मत मात्र पाए ।

शहबाज शरिफ दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । यसअघि सन् २०२२ मा उहाँ पहिलो पटक प्रधानमन्त्री बनेका थिए । शहबाज तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरिफका भाइ हुन् । 

गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।

यसैबीच पाकिस्तानमा यही मार्च ९ मा राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिका लागि गठबन्धन दलहरूले आसिफ जर्दारी र पीटीआईले महमूद खान अचकजाईलाई उम्मेदवार बनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपाल कराँते महासंघले खेललाई व्यवस्थित गर्न विद्यान संशोधन गर्ने, खेलाडीलाई सम्मान गर्ने निर्णय

  • २०८० फाल्गुण २० आइतबार

न्यूज ब्यूरो, ११ चैत्त । नेपाल कराँते महासंघको दोस्रो वार्षिक साधारण सभाबाट विद्यान संशोधन गर्ने निर्णय गरिएको छ ।  महासंघका ७ प्रदेशका ३५ प्रतिनिधिहरू, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्यहरू, १७

पूरा पढ्नुहोस्

Bureau Menus