
न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।
भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा देखिएको दृश्यमा जनकपुरधामकी अभिनेत्री पूजा ठाकुरको अभियन दमदार देखिएको हो ।
मिथिलाको लोक नायक मानिएका राजा सल्हेशको कहानीमा बनेको बायोपिक फिल्म राजा सल्हेशमा पूजा ठाकुरले चन्द्रावतिको अभियन निभाएकी हुन् । फिल्ममा राजकुमारी रहेकी चन्द्रावतिको अभियनयमा देखिएकी पूजा ठाकुरले गज्जबको अभियन गरेकी हुन् ।
दक्षिण भारतका निर्देशक सँतोष बादलले निर्देशन गरेको मैथिली भाषाको फिल्म राजा सल्हेश निर्माणको लागि करिब ६ करोड रुपैयाँ खर्च गरिएको हो । ६ करोड रुपैयाँ लगाएर पहिलो पटक मैथिली भाषाको फिल्म निर्माण गरिएको हो ।
डा. सिएम झा निर्माता रहेको यस फिल्ममा पूजा ठाकुर चन्द्रावतिको नाकारात्मक अभिनयमा देखिएकी हुन् । उनक अनुसार, राजा सल्हेशको कहानीमा चन्द्रावति राजकुमारी भएपनि भिलेन टाइपको राजकुमारी रहेको बताइन् ।
भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा हलमा रिलिज हुने सो फिल्म जनकपुरसहित नेपालको सिनेमा घरमा समेत लगाउने तयारी गरिएको हो । सेन्सर बोर्डमा फिल्म पठाइएको भन्दै शिघ्र नै नेपालको सिनेमा घरहरुमा राजा सल्हेश फिल्म रिलिज गरिने उनले बताइन् ।
जनकपुरकी पूजा ठाकुर दर्जनौ एल्बम, भोजपुरी फिल्म, नेपाली एल्बममा कार्य गरिसकेकी छन् भने पहिलो पटक ठुलो फिल्ममा अभियन जमाउन सफल भएकी हुन् ।
स्कूलका बालबालिकाको समान्य झगडालाई अतिरञ्जित गरियोः प्र.अ मण्डल
- २०८० चैत १५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलका प्रधानाध्यापक पवन मण्डलले बालबालिकाहरुको समान्य घटनालाई केही व्यक्तिले समाजिक सँजालमा अतिरञ्जित गरिएको बताएका छन् । गत चैत्त ८
पूरा पढ्नुहोस्