न्यूज ब्यूरो, राजविराज । सप्तरी राजविराजमा कर्मशिल एवम् क्रिएटिभ मान्डेड मानिएका सुरेश मुखियाको भिडियो वृतचित्र 'इटा भट्टा' तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सवमा छनौट हुन सफल भएको छ ।
सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा मुखियाको सो वृतचित्र 'इटा भट्टा' छनौट भएको हो । महोत्सव बैशाख ६ गतेदेखि ८ गतेसम्म चल्ने भएको छ ।
प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर सिनेमा,शर्ट सिनेमा, डकुमेन्ट्री र कल्चर सिनेमाहरु प्रदर्शन गरिनेछ । साथै नेपाली सिनेमा, पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरु पनि गरिने गरेको छ।
महोत्सवमा करिव २ दर्जन सिनेमा देखाउने र सिनेमाका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन् । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली सिने क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागीता गराउने लक्ष्य आयोजकले लिएको छ ।
सो महोत्सवको लागि सुरेश मुखियाले मधेशको ग्रामिण भेकमा इटा भट्टाको कहानीमा आधारित बनाएको भिडियो वृतचित्रले स्थापन पाउन सफल भएको हो । प्रदर्शनको लागि महोसत्व आयोजकले सो डकुमेन्ट्री छनौट गरेको निर्माणकर्ता मुखियाले जनाए ।
सो डकुमेन्ट्रीको निर्देशन मुखियाले आफैँ गरेका हुन् ।
भारतको महाराष्ट्रमा मोदीको पार्टीलाई बहुमत, २३३ सिटमा जीत
- २०८० चैत २७ मंगलबार
न्यूज ब्यूरो । भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय
पूरा पढ्नुहोस्