इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

२०८१ बैशाख २ आइतबार
रति १०:१९ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: NDTV

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।

साथै दूतावासले आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूतावासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।

इरानले इजरायलमा गएराती देखि आक्रमण सुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा- भेला नगर्न निर्देशन जारी गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ बैशाख २ आइतबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus