
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित गएराती एक युवति र बालिका जिउँदै जलिरहेको अवस्थामा फेला परेकी छन् । गएराती करिब ९ बजेको समयमा कपिलेश्वरस्थित जलिरहेको अवस्थामा फेला परेकी हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर र पुलचोकको बीचमा रहेको एक पोखरीको डीलमा युवति र एक बालिका जिउँदै जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । तत्कालै पुगेको प्रहरीले बालिकालाई उद्धार गरेपनि महिलाको त्यतिबेला नै मृत्यू भईसकेको थियो भने बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा आज मृत्यू भएको जिल्ला प्हरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ इटहर्बा बस्ने सुमित महतोकी २५ बर्षिय श्रीमति प्रियँका महतोको र उनकी छोरी करिब १४ महिनाकी माही महतो जलेको अवस्थामा फेला परेको हो ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर १ ढेकहा माइती रहेको प्रियँका गत बैशाख १ गते नै आफ्नो ससुरालीबाट माईत आएकी थिईन् । श्रीमान सुमितलाई विरामी छु भनेर माईती आएकी प्रियँका बैशाख ५ गते बुधबार घरबाट छोरीसहित निस्केकी थिइन् । घरबाट निस्केर समेत आफ्नो घर इटहर्बा नपुगेपछि उनको खोजविन सुरु भएको थियो ।
प्रहरीको स्रोत अनुसार प्रियँकाको माईतीकै रामसागर महतो नामक युवकसँग फोनमा अधिक पटक कुरा भएको कल डिटेल्स देखिएको छ । मोबाईल कल डिटेल्सको आधारमा प्रहरी उनको घर पुग्दा युवक फरार रहेको बताईएको छ भने उनको श्रीमान सुमित समेतले उनै युवकमाथि शंका जनाएका छन् । शँका जनाएका युवक र प्रहरीले निकालेको कल डिटेल्स अनुसार सोही युवक परेका छन् । युवक फरार छ न् ।
प्रहरीको प्राथमिक अनुसन्धान अनुसार, प्रियँका र सो युवकबीच सम्बन्धको कारण घटना निम्तिएको हो । यद्यपी, यसको बारेमा अनुसन्धान जारी राखिएको छ भने प्रियँका र माहीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८१ बैशाख ६ बिहीबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्