न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहा ७ नं. गणका प्रहरी उपरीक्षक शिव गैरेले अवैद्यानिक रुपमा दुई घुमुवा परिचालन गरी सिरहाबाट तस्करीको खुल्ला लाईन खोलेका छन् ।
गृह मन्त्रालयले फिर्ता बोलाईसकेको सादा पोशाकका घुमुवा प्रहरीलाई सशस्त्रका एसपी गैरेले सिरहाको सीमानाकाहरुमा सहायक प्रहरी हबल्दार प्रविण यादव र कार्तिक यादवलाई पर्सनल घुमुवाको रुपमा परिचालन गरी तस्करहरुसँग लाखौँ बुझ्ने गरेका छन् । यादवद्धयले एसपी गैरको लागि व्यापारी, तस्करहरुसँग मासिक असुलेर दिने माध्यमको रुपमा परिचालित गरिएका हुन् ।
सिरहाको माडर विओपी (प्रस्तावित गुल्म) अन्तर्गत पर्ने बरियारपट्टि बिओपी र इटाटार बिओपीसहित ठाढी बिओपी (प्रस्तावित गुल्म) अन्तर्गतका बिओपीहरुबाट हुने कपडा तस्करीको लागि अवैद्य घुमुवा रहेका प्रविण यादव र कार्तिक यादवले असुलीकर्ताको भूमिका निभाउँदै आएका छन् । गृहमन्त्रालयले घुमुवाहरु नराख्न भनेपनि एसपी गैरेले अझै दुवैजनालाई परिचालन गरी भन्सार छलीका करोडौँको कपडाहरु सिरहाको नाकाबाट छिराउने गरेका छन् ।
सबभन्दा बढी कपडा सिरहाको नाकाहरुबाट आउने भएपनि राजस्व भने अस्वभाविक देखिएका छन् । काठमान्डौँसहित देशको विभिन्न शहरमा जाने करोडौँको कपडा छिरेपनि राजस्व भने अधिक कमजोर देखिएको हो । बरियारपट्टि र ठाढी नाकाबाट हुने कपडा तस्करीको लागि सिरहाका तस्करहरुले लाखौँ बुझाउने गरेका छन् । सो रकम प्रविण यादव र कार्तिक यादवको मार्फत उच्च निकायसम्म बाँडिने गरिएको हो ।
सिरहाका नामुद कपडा तस्करहरु मानिएका महिन्द्र साह, भीम यादव, राकेश साह, कृष्णा राउत र कृष्णा यादवको करोडौँको कपडा छिराउन घुमुवाहरुले सहजीकरण गर्दै आएका छन् । एसपी गैरेको सेटिँग र आदेशमै उनीहरुको करोडौँको भन्सार छलीको कपडा सिरहा छिर्ने गरेको हो ।
सिरहाको औरहीको चोकबाट चोरबाटोबाट तस्करी गरिदएको आएको भिडियो प्रमाणहरु न्यूजब्यूरोले फेला पारेको हो । त्यहाँ ड्युटीमा हुने सशस्त्र प्रहरीको कर्मचारीलाई ईसारा गर्दै छेउ लगाएर करोडौँको कपडा राजमार्ग हुँदै काठमान्डौँसम्म पुरयाइने गरिन्छ ।
यसअघिका एसपी कपडा काण्डमै पुरै सेटसहित तानिएको केही महिना नबित्दै नयाँ एसपी गैरेले कपडा तस्करीको लाईन खोलेका हुन् ।
सिरहा जिल्ला भारतसँग जोडिएको ४६ किलोमिटर सिमा नाकामा सशस्त्र प्रहरी बलका २ वटा प्रस्तावित गुल्म र ५ वटा बिओपी रहेका छन् जहाँबाट थप सादा पोसाकका घुमुवाहरु परिचालनमा रहेका छन् ।
ठाढी बिओपीको लागि दिपेश झा एसपी गैरेका विश्वास पात्रको रुपमा चिनिन्छ । सबभन्दा बदनाम बिओपी मानिएको ठाढीबाट हुने सम्पूर्ण तस्करीको जिम्मा झालाई दिने गरिएको छ । सीमामा हुने सशस्त्र प्रहरीको ड्युटीको बाबजुद समेत तस्करी खुल्लमखुल्ला हुनु उच्च पदस्थ अधिकारीहरुको समेत मिलोमत्तो र सेटिँग प्रष्ट हुन्छ ।
जसपाका साँसदहरुलाई जनतमका साँसद यादवको मुखभरि जवाफ, रोजगारीको सवालमा दिए चुनौति
- २०८१ बैशाख २९ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सतारुढ दल जनमत पार्टीका साँसद सँजय यादवले प्रतिपक्ष दल जसपाका साँसदहरुलाई मुखैभरिको जवाफ दिएका छन् । शुक्रबार प्रदे्शसभामा बोल्दै सँसद यादवले वर्तमान सरकारको सात महिनाको
पूरा पढ्नुहोस्