
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतको ईलाका प्रहरी कार्यालय गोलबजारमा विगत ११ बर्षदेखि घुमुवाको रुपमा कार्यरत प्रहरी हबल्दार सँतोष कटुवाल र उनकी श्रीमति मँजु उप्रेतिले अड्डा जमाएर बसेका छन् ।
बढीमा एक बर्षमा सरुवा हुने नेपाल प्रहरी सँगठनको प्रावधान विपरित विगत ११ बर्षदेखि एकै ठाउँमा अड्डा जमाएर बसेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारमा अझै घुमुवाको रुपमा कार्यरत रहेका सहायक प्रहरी हबल्दार सँतोष कटुवाले गोलबजारको रिन्चदेखि सिरिञ्जसम्मको व्यापारीहरुसँग रकम असुलीकर्ताको रुपमा चिनिन्छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहामा समेत पक्कड बनाएका कटुवाल उच्च तहको पावर लगाएर विगत ११ बर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । सोही ठाउँमा उनकी श्रीमति मँजु उप्रेति समेत बस्दै आएकी हुन् । प्रक्रिया स्वभाविक भएपनि काज प्रशासनमा कार्यरत उनकी श्रीमतिले प्रहरीको आचरण विपरित सूचना प्रवाह गर्दै आएको गुनासो गरिएको छ ।
उच्च स्तरबाट मागिने सूचना, सादा पोसाकको प्रहरीको विवरणमा कटुवालकी श्रीमति उप्रेतिले अन्यको नाम गोप्य रुपमा पठाएपनि आफ्नो श्रीमान्को नाम जोगाउँदै आएकी हुन् । जिल्ला वा प्रदेशमा नयाँ अधिकारी आएपछि सादा पोसाकका घुमुवा, असुलीकर्ताहरुको विवरण गोप्य रुपमा मगाइन्छ, जसमा कटुवालको नाम कहिले पनि अधिकारी समक्ष गएनन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दी भएपनि उनले विगत ११ बर्षदेखि ईलाका प्रहरी कार्यालय गोलबजारमा नै कार्यरत रहँदै आएका छन् । प्रहरी नै गैर कानुनी कार्य सँलग्न नहोस, अपराधिक गतिविधिका मान्छेसँग नजिक नहोउन भन्ने उदेश्यले एक एक बर्षमा अन्यत्र सार्ने प्रावधान भएपनि कटुवाल दम्पति ११ बर्षदेखि एकै ठाउँमा अड्डा जमाएका हुन् ।
काज प्रशासनमा कार्यरत मँजु उप्रेतिसँग मागिने सूचनमा कटुवाललाई लुकाउने गरिन्छ । कटुवालको सूचनालाई लुकाएर उनलाई सोही ठाउँमा राख्न मँजुको ठुलो भूमिका रहँदै आएको छ ।
कटुवालले गोलबजारस्थित ईटा भट्टा, सुनचाँदी व्यावसायी, होटल व्यावसायी, ड्रग्स डिलर, औषधी पसल, कपडा व्यापारीदेखि लिएर अवैद्य खुल्ला मदिरा भठ्ठी सँचालकसँग समेत रकम असुलीको काम गर्दै आएका छन् ।
भर्खरै तानिएका सिरहाका तत्कालिन एसपी सँतोष आचार्यले उनलाई समेत पृष्टपोषण गरेका थिए । कमाउ पुत्रको रुपमा चिनिएका सँतोष कटुवाललाई आयार्च अघिका एसपी टेकुनन्द इवा लिम्बुले रवाना दिएका दिए । तर, कटुवालले त्यतिबेला पनि उच्च पदस्थ अधिकारीलाई पैसा बोझेर सोही ठाउँमा फिर्ता भएको स्रोत बताउँछन् ।
लागुऔषधको सम्बन्धमा पहुँच बनाएका घुमुवा कटुवाललाई तत्कालिन एसपी लिम्बुले उनलाई तान्ने तरखरमा थियो । उनको हाजिरी जिल्ला प्रहरी कार्यालय सिरहामा लागेपनि उनी कार्यरत भने विगत ११ बर्षदेखि ईलाका प्रहरी कार्यालय गोलबजारमा रहेका छन् ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्चार्जले जिल्ला प्रहरीले नै कटुवाललाई निरन्तर यहाँ खटाएको प्रतिक्रिया दिए । उनले जिल्लामा दरबन्दी भएपनि ईलाकामा खटाउन सकिने बताए । एउटै ठाउँमा ११ बर्षदेखि बस्न सकिने प्रहरी सँगठनको प्रावधान बारे जिज्ञासामा ईन्चार्ज पन्छिए । उनलाई तत्कालिन एसपी सँतोष आचार्यले पुनः जिल्ला बोलाएको जनाइएको छ ।
शुक्रबार मात्र कमाण्ड सम्होलका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले यसबारे अनभिज्ञता प्रकट गरे । उनले आफू शुक्रबार मात्र जिल्लाको कमाण्ड सम्हालेको भन्दै ईलाकाको ईन्चार्जहरुको नाम समेत थाहा नभएको बताए । उनले आफूले यसबारे आईतबार जानकारी लिएर के कस्तो छ भनेर जानकारी गराउने बताए ।
कमला नगरपालिकामा विहिबारदेखि किशोरीहरुलाई एचपिभी खोप लगाइदै
- २०८१ बैशाख २९ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाभित्रका किशोरीहरुलाई विहिबार फागुन १ गतेदेखि एचपिभी खोप लगाईने भएको छ । कमला नगरपालिका अभियानको दोस्रो चरणमा परेकोले फागुन १ गते विहिबारदेखि फागुन ६
पूरा पढ्नुहोस्