इनार सफा गर्ने क्रममा पुरुषको मृत्यू, सशस्त्र प्रहरीले ४० मिटरभित्र इनारबाट निकाल्यो लास

२०८१ जेठ १० बिहीबार
बिहान ११:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक पुरुषको इनारमा खसेर मृत्यू भएको छ । बुधबार दिउँसो ईनार सफा गर्न तल झरेका एक पुरुषको निस्सासिएर मृत्यू भएको हो । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ भरतपुरस्थित बस्ने स्थानीय उदगारी यादवको इनार सफा गर्ने क्रममा स्थानीय ३० बर्षिय रामप्रसाद शर्माको मृत्यू भएको हो । 

मान्छे ईनारभित्र खसेको खवर पाए लगत्तै सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रघुनाथपुरबाट खटि गएको टोलीले मृतक शर्माको लास ४० मिटर भित्रबाट निकाल्न सफल भएको हो । ईनारमा खसेको खवरपछि तुरुन्तै प्रहरी नायब उपरीक्षक गान्धिवराज स्याङ्तानको कमाण्डमा गएको सशस्त्र प्रहरीको गोतखोर टोलीले शव निकालेको हो । 

सशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका ईन्सपेक्टर सुरेश लामाले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 99%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ जेठ १० बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus