न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत पर्ने धनुषाको एक क्रसर उद्योगमा एक युवकको मृत्यू भएको छ । क्रसरमा पेलिएर उनको मृत्यू भएको हो ।
धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ६ गोदारस्थित रहेको कमला स्टोन क्रसर उद्योगमा विहिबार युवकको शव भेटिएको हो । बुधबार राती करिब १२ बजे नै स्थानीय अर्जुन यादव नामक युवकको क्रसरको फित्तामा बेरिएर पेलिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताए ।
सोही क्रसरमा काम गर्ने बाराको निजगढ बस्ने अन्दाजी ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित उपचार केन्द्र उपचार भइरहेको छ ।
यात्रुबाहक बसको ठक्करले एक महिलाको मृत्यू
- २०८१ जेठ ११ शुक्रबार
न्यूज ब्यूरो, विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सोमबार साँझ यात्रु बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। हिमाल आँखा अस्पताल अगाडि मँगलबार साँझ करिब ६
पूरा पढ्नुहोस्