फेसबुकमा फोटो हालेको भन्दै न्यूजब्यूरोकर्मी यादवलाई मार्ने धम्की

२०८१ जेठ ११ शुक्रबार
बिहान ११:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । न्यूज ब्यूरोका सिरहा संवाददाता सबिन्द्र कुमार यादव (सबिन) लाई ज्यान मार्ने धम्की दिइएको छ । 

सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ बस्ने न्यूजब्यूरोका पत्रकार सबिन यादवलाई सोही स्थान बस्ने सरोज यादवले तथानाथ गाली गलौज गर्दै मार्ने धम्की दिएको हो । 

गाउँमा स्थानीयहरुको पँचायत (बैठक) चलिरहँदा सरोजले दर्जनौ व्यक्तिको बीचमा यादवलाई मार्ने धम्की दिएका हुन् । गाउँमा टैक्टर राखेर सडक जाम गरेको तस्विर हालेपछि उनलाई मार्ने धम्की दिएको हो । 

पत्रकार यादवलाई मार्ने धम्की दिएपछि उनले प्रहरी गुहारेका छन् । ईलाका प्रहरीमा निवेदन दर्ता गराउँदै शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराउने भएको छ । 

स्थानीय सरोज यादवले सार्वजनिक सडकमा टैक्टर राखेर सडक आवतजावत बन्द गरेको थियो । दुई पक्षबीच भएको भनाभनको क्रममा सडक जामसम्म पुगेपछि स्थानीयहरुलाई सास्ती भएको थियो । सोही तस्विर पत्रकार यादवले फेसबुकमा पोष्टयाएपछि उनलाई मार्ने धम्की दिएको हो । 

धनुषामा दुई पत्रकार ज्यान गएको सन्दर्भलाई जोडदै सरोज यादवले सबिनलाई समेत त्यसरी नै मारिदिने भनेर धम्काएको आरोप पत्रकार यादवले लगाएको हो । अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा आरोपितहरुलाई बोलाएको छ ।

 

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 25%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ जेठ ११ शुक्रबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus