धनुषा सबैलाका मेयर यादवको खटिया खडा, पुतला नगर घुमाएर वडाध्यक्षहरुले गरे बेईज्जत

२०८१ जेठ १३ आइतबार
दिउसो १२:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाका मेयर कारीराम यादवलाई सार्वजनिक मँचमा कट–आउट लगाएर बेईज्जत गरिएको छ । 

नेकपा माओवादी (केन्द्र) बाट निर्वाचित मेयर कारिरामले वडाध्यक्षहरुसँग कुनै समन्वय नगरेको भन्दै उनको कट आउट पोष्टर (काटिएको पुतला) लगाएर किर्तन शैलीमा बेईज्जत गरेको दृश्य देखिएको छ । 

सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको कटआउट पोष्टमा फोटो हाल्दै हिन्दु देवीदेवताझै मुकुट ,माला लगाएर विरोध जनाएको हो । वडाध्यक्षहरुले उनलाई किर्तन शैलीको विरोध जनाएको हो । 

मँचमा वडाध्यक्ष बसेर “लुटन सके लुट कान्छा, नेपालमै छ छुट” गीत बजाएर नगरभरि घुमाएको हो । विभिन्न प्रस्ताव, निर्णय, बैठक, सभामा समेत मेयर यादवले एकलौटी गरि दम्भ देखाउन खोजेको भन्दै वडाध्यक्षहरुले फरक शैलीमा विरोध जनाएको हो । 

उनलाई खटियामा राखेर सबैला बजारभरि घुमाउँदै विरोध जनाएको हो । मेयर कारिराम यादव माओवादीका नेता मातृका प्रसाद यादवका भाई हुन् । 

  • 2%
  • 95%
  • 2%
  • 0%
  • 0%
  • 0%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०८१ जेठ १३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus