
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ मा बालविवाह न्यूनिकरणको लागि समिति गठन गरिएको छ ।
धनौजी गाउँपालिका वडा नम्बर ४ को समन्वय तथा समृद्ध समाज नेपाल नामक गैर सरकारी सँस्थाको समन्वयमा वडाको तरहीस्थित ७ सदस्यीय समिति गठन गरिएको हो ।
बालविवाह न्यूनिकरणको लागि स्थानीय सरोकारबालाहरुसँगको बैठकमा सो वडामा कम उमेरका बालबालिकाहरुको विवाह गर्दा हुने हानी नोक्सानीको बारेमा प्रकाश पारिएको थियो ।
सँस्थाका उपाध्यक्ष कमलु मण्डलको अध्यक्षता तथा वडाध्यक्ष राम शोभित मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालविवाह न्यूनिकरणको लागि समाजका अगुवाहरुले एक्यवद्धता जनाएको हो ।
कार्यक्रममा भररिया प्रहरी चौकी असई अमित कुमार तिवारी ,समृद्ध समाज नेपाल अध्यक्ष जितेन्द्र कुमार मण्डल, समृद्ध समाज नेपाल कोषाअध्यक्ष दिपेन्द्र कुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।
दुई दिने कार्यक्रममा बाल बिवाह न्यूनीकरणका लागि सरोकारवालाहरु संग समनव्य बैठक तथा समिती गठनमा संयोजकको रुपमा सन्तोष मण्डल चयन गरिएको छ।
- २०८१ जेठ १३ आइतबार