
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा एकै दिन दुई अलग अलग सूचना जारी गरिएपछि विद्यार्थी र अभिभावक अलमलमा परेका छन् ।
अत्यधिक गर्मी बढेपछि धनुषाको विभिन्न समुदायिक तथा नीजि विद्यालयहरुले विदा दिने घोषणा गर्न थालेपछि नगर प्रमुख दिनेश प्रसाद यादवले समेत विदाको घोषणा गरे । केही बेरपछि पुनः नगर प्रमुखकै हस्ताक्षर रहेको अर्को सूचनामा विदा नरहेको भनेर सूचना आएपछि अलमलमा परेको हो ।
शिक्षा शाखाको तर्फबाट जारी गरिएको प्रथम सूचनामा १७ गतेदेखि २० गतेसम्मको लागि विदा दिइएको भनेर उल्लेख गरियो भने लगत्तै अर्को सूचनामा विहान ९ः३० बजेसम्म मात्र विद्यालय खोल्न पाउने सूचना जारी गरेपछि अझै अभिभावक र विद्यार्थीहरु पढन जाने वा नजानेमा अलमल्लिएको छ । उनीहरुमा विदा छ वा छैन भनेर कन्फर्म गरिएको छैनन् ।
यता, नगर प्रमुखले पहिलो सूचना प्रकाशित भएपछि अर्को सूचना त्यसलाई सच्याउने गरी प्रकाशित गरिएको जनाए । उनले विहान ९ः३० बजेसम्म मात्र विद्यालय सँचालन गरी पठन पाठन गराउन सूचना गरिएको जनाए ।
नेपालमा राजतन्त्र ल्याउनु दिवास्वप्न होः अध्यक्ष यादव
- २०८१ जेठ १७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उदघाटन गर्दै उनले नेपाली जनताको
पूरा पढ्नुहोस्