इन्टर कलेज क्रिक्रेटमा जनकपुरको राराब कलेजले उचाले ट्रोफी

२०८१ जेठ १९ शनिबार
बेलुकी ५:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   जनकपुरधाममा “इन्टर कलेज क्रिकेट प्रतियोगिता २०८०” को उपाधीमाथि जनकपुरको राराब कलेजले कब्जा गरेको छ । 

शुक्रबार भएको फाइनल खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले बिपि मेमोरियल कलेजमाथी सानदार जित हात पारेको हो । 

बाह्रविघा मैदानमा भएको खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस ९राराब० क्याम्पसले ५ ओभर अगाडि बिपि मेमोरियल कलेजलाइ पराजित गर्दै फाइनलको उपाधी आफ्नो नाम गरेको हो ।

टस जितेर बिपि मेमोरियल क्याम्पसले सुरुमा ब्याटिङ रोजेका थिए । १६ ओभर खेलेर ११३ रन बनाएर ११४ रनको लक्ष्य रा.रा.ब. क्याम्पसलाइ बिपिले दिएको थियो । बिपि मेमोरियल कलेजको ब्याट्सम्यानले केही उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि राराबले उपाधी उचालेको हो । 

जवाफी ब्याटिङमा उत्रेका रा.रा.ब क्याम्पसले लक्ष्य पछ्याउँदै ५ ओभर शेष रहदै ११४ रन बनाएर उपाधी आफ्नो कब्जा गरेको हो । उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा.रा.ब. क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लव काण्डः बिहारको आरा स्टेशनमा प्रेमिका र बुवालाई गोली हानेर हत्या, त्यसपछि आफैँलाई हाने गोली !

  • २०८१ जेठ १९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म

पूरा पढ्नुहोस्

Bureau Menus