
न्यूज ब्यूरो, जनकुपुरधाम । चौधरी ग्रुप (सीजी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रदर्शनअनुसार विभिन्न पुरस्कारको घोषणा गरेको छ ।
नेपाली टोलीले खेल जितेमा एक लाख ५० हजार रुपैयाँ दिने सीजीले जनाएको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई एक लाख, अर्धशतक प्रहार गर्नेलाई ५० हजार र हरेक विकेट बराबर खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिने सीजीले जनाएको छ ।
यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगे टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएको छ ।
सिरहाको लहानमा नयाँ डिएसपी रोकाया आउँदै
- २०८१ जेठ २० आइतबार
न्यूज ब्यूरो, सिरहा । ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत डिएसपी बिष्णु सोतिको सरुवा भएकोछ । नियमित सरुवा अनुसार उनलाई गृह मन्त्रालयले सरुवा गरेको हो । ईलाका प्रहरी कार्यालय लहानमा रहँदा कार्य
पूरा पढ्नुहोस्