
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका प्रदेश साँसद एवम् आजै पार्टीको सँसदीय दलको नेतामा चयन भएका सतिश सिँह मधेश प्रदेशको मुख्यमन्त्री बन्न लागेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राष्ट्रिय सभा सदस्य बनेका शेखर कुमार सिँहका छोरा रहेका जनमत पार्टीका सतिश सिँह मधेश प्रदेशका मुख्यमन्त्री बन्न लागेका हुन् । उनलाई आजै सँसदीय दलको नेता बनाउँदै मुख्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको हो ।
२०७४ सालमा स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाठी गाउँपालिकाको अध्यक्ष पदमा लोसापबाट (तत्कालिन राजपा) निर्वाचित सतिश सिँह वि.सं. २०७९ को चुनावमा पराजित भए ।
स्थानीय तहमा पराजित भएपछि सिँहले प्रदेश सभा सदस्यको लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नं. २(क) बाट निर्वाचित भएका साँसद हुन् ।
यसअघि जनमतकै महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने चर्चा चलेपछि एकाएक उनलाई हटाएर सिँहलाई सँसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री पद दिन लागेको हो ।
बुवा लोपसाबाट पुरुष कोटा तर्फ राष्ट्रियसभाका सदस्य र सिँह मधेश प्रदेशमा जनमतबाट मुख्यमन्त्री बन्न लागेपछि राजनीतिक टिकाटिप्पणी सुरु भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८१ जेठ २४ बिहीबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्