
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै गठबन्धनको शीर्ष तहमा नेपाली कांग्रेसको कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सहमति बनाएका थिए ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा। श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसहितलाई फिर्ता बोलाएको हो ।
त्यसैगरी फिर्ताको सूचीमा स्पेन, पोर्चुगल र डेनमार्कका राजदूत प्रा. डा. राम स्वार्थ राय पनि परेका छन् ।
कश्मिरको हमलापछि IPLमा यी ४ बदलाव, खेलाडीहरुले बाँडे कालोपट्टि !
- २०८१ जेठ २४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । क्रिकेट फ्रेन्चाईज अन्तर्गत भारतमा जारी इण्डियन प्रिमियर लीग (आईपिएल) मा आज खेलाडीहरुले कालोपटिट् बाँधेर क्रिकेट खेल्ने भएको छ । आईपिएलमा आज सनराईजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच भईरहेको
पूरा पढ्नुहोस्