अहंकारले माते धनुषा प्रहरी, पत्रकारहरु असुरक्षित, केही पत्रकार नै दल्ला

२०८१ जेठ २५ शुक्रबार
बिहान ०८:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीको कार्य सम्पादन र कार्यशैली धनुषावासीले पटक्कै मन पराएका छैनन् । 

संवैद्यानिक तवरले देशको चौथो अँग रहेको सँचारकर्मी, मिडियामाथि निरन्तर प्रहारले धनुषा प्रहरी अहंकारी बनेको देखिन्छ । नयाँ एसपीले आएदेखि नै अहंकार प्रदर्शन गर्नमा कुनै कसर बाँकी राखेनन् । सँचारमाध्यम, सँचारकर्मीप्रतिको अहिले धनुषा प्रहरीको भावना पूर्ण नाकारात्मक देखिएको छ । 

नयाँ एसपी आएसँगै बढेको घटनाको ग्राफ र सँचारकर्मीहरुले समाचार लेख्दा निरन्तर भईरहेको घटनाक्रमले पनि धनुषा प्रहरी अहंकारी भूमिका निर्वाह गर्दै आएको देखिएको छ । 

गत बैशाख ११ गते शंकास्पद घटनामा मृत्यू भएका पत्रकार विनय कुमार यादवको घटना दबाउन अथक प्रयास गरेको धनुषा प्रहरीले निरन्तर दबाबबीच जाहेरी दर्ता गरे । जाहेरी दर्ता गरी केही दिन मुद्दालाई निरन्तरता दिएपनि पुनः सुस्तता देखाएर घटना दबाउन खोजिएको आभाष भएको छ । 

पत्रकार यादवको घटनामा धनुषा प्रहरीले घटनाको दुई महिना हुन लाग्दा पनि अहिलेसम्म मिशिल पेश गर्न सकेका छैनन् । मिशिल पेश गरेपनि पूर्णता नभएको भन्दै सरकारी वकिलको कार्यालयले शंका लागेर पुनः अनुसन्धान पुरा गरी फाईल पेश गर्न भनेको छ । तर, धनुषा प्रहरीले यसलाई दबाउने प्रयास गरेको छ । अहिलेसम्म पूर्ण मिशिल नै बुझाउन सकेको छैनन् । 

सोही क्रममा सँचारकर्मी शिवेन्द्र रोहिताको प्रकरणमा समेत धनुषा प्रहरीले अहंकारी भूमिका निर्वाह गरेको प्रष्ट भयो । उनको मुद्दामा पनि प्रहरीले खासै चासो लिएनन् । 

यता, विहिबार नयाँ पत्रिकाका जनकपुर संवाददाता हदिश खुद्दारमाथि धनुषा प्रहरीले धरपकड गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि भइरहेको प्रदर्शनको समाचार संकलनका लागि पुगेका खुद्दारलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको  हो।

खुद्दारले आफू पत्रकार रहेको जानकारी गराउँदा गराउँदै पनि प्रहरी निरीक्षक नवराज खड्काको निर्देशनमा प्रहरी जवान रूपेशकुमार यादवसहितले समातेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए। तर, पछि प्रहरी निरीक्षक रामविनय सिंहले खुद्दारलाई छोड्न लगाएका हुन्।

घटनापछि पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णसहितको टोलीले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारको टोलीले खुद्दारमाथि धरपकड गर्नेलाई कारबाहीको माग गरे।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रन्जन अवाले पनि तीन दिनभित्र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२० मा पाँच दिनअघि खुकरी प्रहार भएपछि पीडितले प्रहरीमा जाहेरी दिए पनि दर्ता गर्न मानेको थिएन। त्यही भएर पीडितहरू बिहीबार प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनको फोटो खिच्ने क्रममा दिउँसो करिब सवा १२ बजे प्रहरी इन्सपेक्टर नवराज खड्काले खुद्दारको मोबाइल खोस्न लगाएका थिए। जब कि खुद्दारले आफू पत्रकार रहेको जानकारी गराएका थिए।

प्रहरी निरीक्षक रामविनय सिंहले मोबाइल फिर्ता गर्न लगाएपछि खुद्दार पीडितसँग कुराकानी गरिरहेका थिए। त्यही वेला प्रहरीले पीडितमाथि लाठी चार्ज गरेपछि खुद्दारले भिडियो खिच्न खोजेका थिए। प्रहरीले मोबाइल खोसेर उनलाई नजिकै रहेको प्रहरी कार्यालय पुर्‍याएको थियो। जिल्ला प्रहरी कार्यालय लगेपछि प्रहरी निरीक्षक खड्काले खुद्दारलाई थुन्न आफूमातहतका प्रहरीलाई निर्देशन पनि दिएका थिए।

धनुषा प्रहरीको गतिविधि, कार्यशैलीप्रति समाचार लेख्दा धनुषाकै केही भनाउँदा पत्रकारहरुले दलाली गर्न थालेका छन् । यद्यपी, उनीहरु समय मिलाएर मात्र पत्रकारिता गर्दै आएका छन् । धनुषा प्रहरीको सन्दर्भमा आउने समाचार हटाउन दबाब दिने धनुषाकै दुई तीन जना पत्रकार सक्रिय छन् । 

धनुषाको एसपी, डिएसपी, ईन्सपेक्टरसँग पहुँच बनाएर अन्य मुद्दाहरुमा समेत दलाली गरी घर परिवार चलाउँदै आएका उनीहरुले पत्रकारहरुको घटनामा समेत दलाली गर्न पछि परेका छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 25%
  • 0%

सूचना नदिएको भन्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी

  • २०८१ जेठ २५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी दिइएको छ ।  लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले माग गरिएको सूचना स्थानीय युवाहरुलाई नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गर्ने

पूरा पढ्नुहोस्

Bureau Menus