जनकपुरधाम । आफ्नै साथीसँग विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैँक जनकपुरका म्यानेजर अजय कुमार यादवसहित तीन जनाउपर मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ बस्ने राजीव यादवले म्यानेजर अजय कुमार यावद, उनका बुवा विश्वनाथ यादव र उनका सालो सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन यादवमाथि विश्वासघात, ठगीसहित अनुचित लेनदेन गरेको भन्दै मुद्दा दायर गरिएको हो ।
महोत्तरीको बर्दिवासस्थित सँचालनमा रहेको जय बाबा ठाकुर वासिँग सेन्टरका सँचालक समेत रहेका वादी राजीव यादवसँग विश्वनाथ यादव, अजय कुमार यादव र अभिनन्दन यादवले पार्टनरसिपमा काम गर्ने भनेर विश्वासमा लिएको थियो । वासिँग सेन्टरमा बैँक म्यानेजर कहलाउने अजय कुमार यादवले करिब १४ लाख रुपैयाँ जति लगानी गरेका थिए ।
विश्वासको आधारमा चल्दै आएको सो वासिँग सेन्टरमै राजीवले खाली चेकमा हस्ताक्ष गरेर राख्दै आएका थिए । कुनै बेला आफू नभएको अवस्थामा काम लाग्ने भनेर अजय कुमार यादव कहाँ समेत चेक छाडदै आएका थिए । अजयको मनमा लोभ जागेपछि उनले सोही चेकहरु कब्जामा लिएर मनमुटाव सुरु गरेको बताईन्छ । त्यसपछि अजयले आफ्नो साालो अभिनन्द कुमार यादवको नाममा आफूखुसी चेक भरेर दिएको बेहोरा मुद्दामा उल्लेख छ ।
अजयले विश्वासमा पारेर विश्वासघात गरेको आरोपसहित उनीमाथि अपराधिक विश्वासघात, ठगी तथा अनुचित लेनदेनमा मुद्दा दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको दर्ता नम्बर ६२७ मा सो मुद्दा दर्ता गरी भर्पाई गरिएको हो ।
पूर्वी धनुषामा कैयौँ पटक काटिदियो WorldLink Internet को तार, रिसबीले काटिदिन्छ फाईबर
- २०८१ जेठ २६ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिँकले धनुषाको पूर्वी क्षेत्रमा सेवा विस्तार गरेपछि रिसबइले पटक पटक तार काटिदिने गरेको छ । एक महिनाकै अन्तरालमा कैयौँ पटक फाईबर तार
पूरा पढ्नुहोस्