महोत्तरीमा एक युवकमाथि गोली प्रहार

२०८१ जेठ २८ सोमबार
रति ९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक युवकमाथि दिनदहाडै गोली प्रहार भएको छ । आज साँझ करिब ६ बजेको समयमा युवकमाथि गोली प्रहार भएको हो । 

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतो माथी मरहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । 

आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको  बताईएको छ् । 

उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

  • 0%
  • 8%
  • 0%
  • 8%
  • 67%
  • 17%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ जेठ २८ सोमबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus