
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास थालिएको छ ।
२ सय १ सदस्यीय केन्द्रीय समितिमा १७ जना पदाधिकारी रहने छन् । हाल जसपा नेपालको कार्यकारिणी समितिमा ८ जना मात्र रहेका छन् । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत हुने निश्चित भइसकेको छ ।
सहअध्यक्षका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोंग प्रयासरत छन् । यद्यपी, राजकिशोर यादव समेत अध्यक्ष पदका दाबेदार मानिएका छन् ।
उपाध्यक्षमा निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव, हरिनारायण यादवलगायतका प्रतिस्पर्धी छन् । कलस्टर समेतको ५ जना उपाध्यक्ष रहने छन् ।
महामन्त्रीमा मनिष सुमन, विजय यादव, प्रकाश अधिकारीलगायतले दाबी गरेका छन् । २ जना महामन्त्री रहने छन् । कोषाध्यक्षमा पनि केही प्रत्याशीहरु देखिएका छन् । बन्द सत्रपछि नेतृत्व चयनको प्रकृया थालिने छ ।
पदाधिकारीहरुमा सहमति जुटाउन सहज भए पनि केन्द्रीय सदस्यमा सहमति गर्न चुनौती नै छ । पार्टीको विधान अनुसार बिभिन्न कलस्टरहरुबाट पदाधिकारी र सदस्यरु चयन गरिने छ ।
जनकपुरः मोसा दुर्घटनामा परी एक युवकको मृत्यू
- २०८१ जेठ २९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित दुर्घटना भएको हो । रमौलदेखि दक्षिणतर्फको सडक खण्डमा शनिबार बेलुकी
पूरा पढ्नुहोस्