
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।
मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सतिश कुमार सिँहले सँसदीय विकास कोषको बजेट चलाउन खोजेको भन्दै केही युवकहरुले सर्वोच्चमा मुद्दा दायर गरेको छ ।
मँगलबार सिरहाका शिव यादवको नेतृत्वमा गएको युवकहरुको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेश प्रदेशलाई विपक्षी बनाएर उत्प्रेषणको मुद्दा दायर गरेको हो ।
मुख्यमन्त्री सिँहले चोरबाटो प्रयोग गरी अदालतले रोक्का गरेको संसदीय विकास कोषलाई पुनः जीवन्त गरी भ्रष्टाचार गर्न खोजेको आरोप उनीहरुको छ ।
यता, जनमत पार्टीका सचिव विपी साहले भने जनमत पार्टीसँग जोडेर सस्तो लोकप्रियता कमाउनको लागि यस्ता गतिविधिमा लागेको बताए । उनले निर्णय नै नभएको कुरालाई दलगत मिडियालाई प्रयोग गरी आफूखुसी समाचार बनाएर अतिरञ्जित गरेको बताए ।
सचिव साहले निर्णयमा त्यस्तो केही पनि नभएको बताउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सरकार बनेपछि यस्तैमा सस्तो लोकप्रियता खोजेको बताए । उनले केही युवकहरु एक दलबाट पूर्ण परिचालित भई यस्ता क्रियाकलाप गरिरहेको बताए । उनले मुद्दा दायर गर्ने, रिट दायर गर्ने सबैको स्वतन्त्रता रहेको बताउँदै हुँदै नभएको कुरामा मुद्दा हालेर केही नहुने बताए ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८१ जेठ २९ मंगलबार