ओभरलोड भएपछि कमला नदीको 'झोलुँगे पूल' पनि बन्द, जाँदैनन प्रहरी

२०८१ असार ८ शुक्रबार
दिउसो ३:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा पानीको सतह बढेपछि एक मात्र विकल्पको रुपमा रहेको झोलुँगे पूल पनि बन्द भएको छ । 

१५०० मिटर लामो झोलुँगे पुलमा मोटरसाईकलको ओभरलोड भएपछि दुवै तर्फबाट आवतजावत बन्द गरिएको हो । पुलले थेग्न सक्ने लोडभन्दा अधिक आवतजावत हुन थालेपछि पूल बन्द गरिएको हो । 

स्वयँसेवकमा खटेका स्थानीय विनोद कुमार मण्डलले प्रहरी प्रशासनलाई बारम्बार गुहारेपनि मदत नगरिदिँदा पूल बन्द गर्नुपरेको दुःखेसो पोखे । उनले ४००० जनाको लोड थेग्न सक्ने क्षमता भएको पूलमा मोटरसाईकल अधिक गुडन थालेपछि पूलबाट आवतजावत बन्द गरिएको हो । 

धनुषा तर्फबाट ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरीले मदत गरेपनि सिरहाबाट कुनै प्रहरी मदत नगरिदिँदा भीड अनियन्त्रित भएको हो । भीड बढन थालेपछि पूल ड्यामेज हुन सक्ने असरलाई मध्यनजर गरी पूल बन्द गरिएको मण्डलले जानकारी दिए । 

कमला पूल भाँसिएपछि अहिले सिरहा  धनुषा आवतजावतको लागि भारतको जयनगर वा पूर्वपश्चिम राजमार्गको लामो दुरी तय गर्नुपर्ने बाध्यता भएको छ । कमला नदीमा पानीको सतह बढेपछि बनाईएको अस्थायी पूल समेत भाँसिएको हो । त्यसपछिको विकल्पको रुपमा रहेको झोलुँगे पूलमा व्यवस्थापन नहुँदा सो पनि बन्द भएको हो । 

  • 2%
  • 41%
  • 0%
  • 2%
  • 3%
  • 48%

नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ

  • २०८१ असार ८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार

पूरा पढ्नुहोस्

Bureau Menus