कमला नगरपालिकाका जनप्रतिनीधिहरु 'निकम्मा' साबित, अन्तिमसम्म चलाउन सकेनन बजेट

२०८१ असार ९ शनिबार
रति ८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर ब्लैक लिस्टमै पर्दै आएको पूर्वी धनुषाको कमला नगरपालिकाका जनप्रतिनीधिहरुको झगडाले चालु आर्थिक बर्षको अन्तिमसम्म समेत बजेट चलाउन सकेनन् ।

नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव र उपप्रमुख शिला देवी मण्डलबीचको सौतिनियाँ (एउटै श्रीमानको दुई श्रीमति भएपछि मधेशमा हुने झगडा) झगडाको कारण बजेट चलाउन सकिएनन् । 

कमला नगरवासी विकासको प्रतिक्षामै एक बर्ष बिताए, तर जनप्रतिनीधिहरु नै निकम्मा साबित भएपछि विकास निर्माणको कार्य गर्न सकेनन् । सुरुदेखि नै मेयर–उपमेयरबीचको विवादले आर्थिक बर्षको अन्तिम चौमासिकसम्म चलेको थियो । अन्तिम मसान्तको पहिलो सातामा मात्र सुत्र लक गरेपनि उपमेयरको जिद्दले योजना सँचालन हुन सकेनन् । 

यता, नगर प्रमुख विशेश्वर यादवले उपमेयर मण्डललाई वास्ता नै नगरेपछि योजना चल्न नसकेको गुनासो उपमेयर मण्डलको छ । उनले मेयर यादवले एकलौटी रुपमा योजना सूचिकृत गरी चलाउन खोजेपछि आफू विरोध जनाएको बताईन् । 

उमेयर मण्डलले आफूले विकास निर्माणमा राखेको योजनाहरु नगरपालिकाका कर्मचारीहरुले समेत सूचिकृत (ईन्ट्री) नगरिदिएपछि आफू समेत आफ्नो अधिकार प्रयोग गरेको बताईन् । योजना तर्जुमाको सँयोजक समेत रहेकी उपमेयर मण्डलले कुनै पनि वडाध्यक्षले योजना तर्जुमा गरी आफूकहाँ नआएको गुनासो सुनाइन् । वडाध्यक्षहरु नआएपनि आफ्नो अधिकार समेत खोस्न थालेपछि आफू विरोधमा उत्रेको बताईन । 

उनले भनिन्, –“मेयर साहबले नगरपालिकामा एकलौटी गर्न खोज्नुभयो । मेरै घरमा पार्टीका पदाधिकारीलाई समेत बोलाएर मेयरसाहबसँग म्यानुटमा हस्ताक्षर गराए, तर भोलीपल्टदेखि नै मेरो कुनै योजना नराखिदिने अडान कसेपछि म पनि अडान लिएकी हुँ । यसरी निर्वाचित प्रतिनीधिलाई वेवास्ता गरेर एक्लै नगरपालिका कसरी चलाउँछन हामी पनि हेरुम ।”

सोही सन्दर्भमा न्यूजब्यूरोले जनताको अपेक्षा, जनताको मतको कदरको सन्दर्भमा प्रश्न गर्दा उनले जवाफ दिन सकिनन् । विगत ७ बर्षदेखि निरन्तर विवादमै रहँदै आएकी उमेयर मण्डललाई यसपाली पनि बायकट्ट गरी योजना चलाउन खोजेपछि विवाद भई योजना सँचालन हुन सकेनन् । 

यता, नगर प्रमुख यादवले उपमेयरको बालहठ्ठको कारण योजना सँचालन हुन नसकेको प्रतिक्रिया दिए । उनले समय समेत कम रहेको अवस्थामा योजना सँचालन नभएको भन्दै पन्छिन खोजे । 

मेयर उपमेयरबीचको “ईगो” नै मुख्य कारण रहेको एक वडाध्यक्षले बताए । दुवै जनाको ईगोको कारण अहँकार पनि बढेको बताइन्छ । जनताबाट निर्वाचित जनप्रतिनीधिले आफ्नो घरको नीजि झगडाझैँ गर्न थालेपछि यहाँका नागरिकहरु समेत मुड चेन्ज गर्न थालेका छन् । जनप्रतिनीधिलाई प्रतिकार गर्ने तरखरमा रहेका नगरवासीले यसपाली समेत विकास हेर्न पाएनन् । 

९ वटा वडाका वडाध्यक्ष, वडासदस्य, मेयर, उपमेयर र नगरपालिकाकै केही कर्मचारीहरु समेत राजनीतिमा लागेपछि नगरपालिकाको हाल यस्तो भएको एक स्थानीयले बताए । नगरपालिकाभित्र केही कर्मचारीहरुले आफ्नो सेलेरी पकाउँदै विवादमै पारेर राख्ने सोंच नै बनाएको आरोप लगाए । 

  • 0%
  • 6%
  • 0%
  • 0%
  • 0%
  • 94%

कमला नपाको तेलियाहास्थित ५० लाखमा ढलान हुँदै, जनमतका सहनी दम्पतिले गरे शिलान्यास

  • २०८१ असार ९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको ढलान कार्य सुरु भएको छ ।  शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सँतोष राज सहनी

पूरा पढ्नुहोस्

Bureau Menus