
सम्पादकीय । पूर्वी धनुषाको कमला नगरपालिका चालु आर्थिक बर्षमा बजेट चलाउन सकेनन् । देशमा संघीयता आएपछि बनेको स्थानीय तहपछि कमला नगरपालिका निरन्तर विवादमै चल्दै आएको छ । कारण छ जातीय दबदबा ।
जातीय र छापको हिसाबले मात्र चुनाव जित्ने जनप्रतिनीधिहरुले चालु आर्थिक बर्षको अन्तिम मसान्तसम्म पनि बजेट चलाउन सकेनन् । जनतबाट निर्वाचित जनप्रतिनीधिहरुले जनमतको कदर गरेका छैनन् । जनताको अपेक्षा, जनभावना बमोजिम काम गर्न नसक्दा उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।
चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट नै चलाउन नसकेर जनप्रतिनीधिहरु असक्षम भएको प्रमाणित भईसकेका छन् । विवाद आफ्नो ठाउँमा हुन सक्छ, तर विवादकै कारण बजेट नै चलाउन नसक्नु पनि जनप्रतिनीधिको असक्षमताको परिचय हो । जनताले आफ्नो मत दिएर जिताएका जनप्रतिनीधिहरुले कमला नगरपालिकालाई नीजि सम्पति ठानेर गैर कानुनी, गैर संवैद्यानिक, गैर समाजिक रुपले चलाउँदै आएका छन् ।
यहाँका जनताहरु पनि विभिन्न राजनीतिक दलसँग आवद्ध भएकै कारण कसैले बोल्न सकेका छैनन् भने यहाँका प्रतिपक्षिले समेत योजना चलाउने लोभमा मिलेरै काम गर्दाको नतिजा हो कमला नगरपालिकाको वर्तमान अवस्था । जनप्रतिनीधिहरुले असक्षमता साबित भएपछि नैतिकताको आधारमा राजीनामा दिनु नै जनमतको कदर हुनेछ ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८१ असार १० आइतबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्