शहिदनगरको धबौलीमा प्रथम पटक रक्तदान कार्यक्रम, दर्जनौ गरे रक्तदान

२०८१ असार ११ सोमबार
बिहान ०८:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको ग्राणिम भेक धबौलीमा प्रथम पटक रक्तदान कार्यक्रम गरिएको छ । 

रक्तदान जीवनदान र मानव सेवा सर्वोत्तम सेवाको मूलनाराको साथ स्थानीय श्री स्पोर्टस क्लबको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा दर्जनौ जनाले रक्त दिएको जनाइएको छ । 

रेडक्रममा रक्तको अभाव र हस्पिटलहरुमा रक्त अभावमा अकालमै कैयौँ जनाले ज्यान गुमाउने गरेको भन्दै ग्रामिण भेकहरुबाट समेत रक्तदानको लागि प्रोत्साहित गर्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको हो । 

सहआयोजक रहेको धबौली युवा समाजका अध्यक्ष बलराम अधिकारीले रक्तदानको लागि युवाहरुलाई सक्रिय सहभागीताको लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । 

श्री स्पोर्टस क्लब धबौलीका अध्यक्ष राजकुमार मण्डलको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा दर्जनौ व्यक्तिले रक्तदान गरेको हो । 

रक्तदान कार्यक्रममा  शहिद नगरपालिकाकी नगर उपप्रमुख उपमेयर सुनिता देवी सिँह , वडा नं. ७ का‌ वडा अध्यक्ष महेश्वर मण्डल , ब्लड फर निड धनुषाका संयोजक बलराम प्रसाद गुप्ता स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा‌ बोल्दै अध्यक्ष मण्डलले गाँउ मै पहिलो चोटी रक्तदान कार्यक्रम‌ आयोजना भएको ‌युवाहरु र समाजसेवी हरु खुशी भएको सुनाए । श्री स्पोर्टस क्लव धबौली र धबौली युवा समाज आवश्यकतामा रगत धनुषाको संयुक्त प्रयासमा भएको रक्तदान कार्यक्रममा ३१‌ जना रक्तदाता रक्तदान गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरबाट रामको तिलक लिएर गएका नेताहरुको टोलीलाई गरिएन कुनै भ्यालू, धर्मशालामा वास

  • २०८१ असार ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  विश्वहिन्दू परिषद् धनुषाले अयोध्यामा राममन्दिर ट्रष्टका सचिव चम्पत्त राय र विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलाई तिलक हस्तान्तरण गरी सोमवार फर्किएको छ । परिषद् धनुषाले

पूरा पढ्नुहोस्

Bureau Menus